ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गुराँस लाइफ इन्स्योरेन्स : कम्पनी विश्लेषण (मंगलवार, ७ फागुन २०७५)

Feb 19, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
दुगड ग्रुपद्वारा सञ्चालित गुराँस लाइफ इन्स्योरेन्स कम्पनी २०६४ चैत १८ गतेदेखि सञ्चालनमा आएको हो । कम्पनीले २ बराबर १ अनुपातमा हकप्रद शेयर जारी गर्दै छ । यसका लागि कम्पनीले सेबोनबाट २०७४ चैत १९ गते स्वीकृति पाएको थियो । आव २०७३/७४ को वित्तीय विवरण स्वीकृतिमा ढिलाइ र एनएफआरएस प्रणाली लागू भएकाले साधारणसभामा ढिलाइ भई हकप्रद शेयर निष्कासनमा ढिलाइ भएको हो । अब छिट्टै हकप्रद शेयर आउने प्रक्रियामा रहेको कम्पनीले बताएको छ । ५० प्रतिशत हकप्रद निष्कासन तथा बाँडफाँट गरेपछि चुक्तापूँजी रू. ८९ करोड १० लाख पुग्नेछ । २०७३/७४ को मुनाफाबाट ८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको पुस ३० गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको थियो । प्रस्तावित बोनस शेयर वितरण गरेपछि कम्पनीको चुुक्तापूँजी रू. ९३ करोड ८५ लाख पुग्नेछ । अझै बीमा समितिले तोेकेको चुक्तापूँजी पुगेको छैन । अपुग रकम बोनस शेयर र हकप्रद शेयर जारी गरेर पूँजी पुर्‍याउने कम्पनीले बताएको छ ।

कम्पनीको आव २०७५/७६ र आव २०७४/७५ को दोस्रो त्रैमासिक वित्तीय विवरणबीच तुलना :
  • चालू आवको दोस्रो त्रैमासमा कम्पनीले रू. ४ करोड ९ लाख नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ७ दशमलव १४ प्रतिशत बढी हो । रिजर्भ कोषमा रू. २६ करोड ५२ लाख छुट्याएको छ । जीवन बीमा कोषमा रू. ४ अर्ब ८७ करोड जम्मा भएको छ ।
  • पुस मसान्तसम्ममा कम्पनीले रू. ५ करोड ७५ लाख आम्दानी गरेको छ भने रू. १ करोड ६५ लाख खर्च गरेको छ । सोही अवधिमा बीमा लेखको धितोमा रू. २६ करोड २४ लाख कर्जा प्रवाह गरेको छ ।
  • दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. ७३ करोड ७३ लाख बीमा शुल्क आर्जन गरेको छ । कुल कायम बीमालेखको संख्या २ लाख ७ सय ६० छ । सोही अवधिमा ५ सय ३ जनालाई रू. १० करोड ९० लाख दाबी भुक्तानी गरेको कम्पनीले १८ जनालाई रू. ३१ लाख ६६ हजार दाबी भुक्तानी गर्न बाँकी छ ।
  • व्यवसाय बढाउन सेवाग्राहीलाई उच्चस्तरीय सेवा प्रदान गर्दै देशका सम्पूर्ण जिल्लामा बीमासम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरी दक्ष बीमा अभिकर्ता उत्पादन गर्ने र बीमाको पहुँच देशका प्रत्येक गाउँ तथा टोलमा पुर्‍याउने कम्पनीको आगामी योजना छ ।
  • कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिक) रू. १३ दशमलव ८०, मूल्य आम्दानी अनुपात ४६ दशमलव ५३ र प्रतिशेयर नेटवर्थ रू. १ सय ५१ दशमलव ४४ छ । सोमवार शेयरमूल्य रू. ६ सय ४४ कायम भएको छ ।
  • अर्निङ पावर रेशियो : ०.००७ गुणा
  • अर्निङ यिल्ड रेशियो : २.१४ प्रतिशत
  • खरीद चाप : कम्पनीको सोमवार भएको शेयर कारोबारमा अन्तिम समयसम्म विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिसम्म २ हजार १ सय ४५ कित्ता शेयर खरीद गर्ने माग र १ हजार ३ सय १५ सय कित्ता शेयर विक्री गर्ने माग थियो ।

निष्कर्ष कम्पनीको ६५ दिनको कारोबारलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ३३ दशमलव ०३ विन्दुमा छ । खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । स्ट्यान्डर्ड डेभिएशन १३ दशमलव १२ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम रहन्छ । कम्पनीकोे मुभिङ एभरेजलाई हेर्दा २६ दिने र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुवै मूल्यरेखाभन्दा तल छ । पछिल्लो शेयरमूल्य रू. ६ सय ४४ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ६ सय ६९ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ६ सय १० मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)