ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ज्योति विकास बैंक : कम्पनी विश्लेषण (बिहीवार, ९ फागुन २०७५)

Feb 21, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
चालू आवको दोस्रो त्रैमासमा ज्योति विकास बैंकले रू. १७ करोड नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा १९ दशमलव ६१ प्रतिशत बढी हो । कम्पनीले गत आवमा रू. १४ करोड २५ लाख नाफा कमाएको थियो । कम्पनीको खुद ब्याज आम्दानी गत आवको तुलनामा ३६ प्रतिशत र सञ्चालन मुनाफा २१ प्रतिशत बढेपछि नाफा बढेको हो । कम्पनीले ज्योति बम्पर सेभिङ एकाउन्टअन्तर्गत न्यूनतम मौज्दात रू. १००, वैदेशिक मुद्रा कारोबारमा विशेष छूट, निःशुल्क बीमा सुविधा, निःशुल्क मोबाइल सुविधा, निःशुल्क भिसा डेबिट कार्ड, निःशुल्क आस्बा, सी–आस्बा, निःशुल्क इन्टरनेट बैंकिङ र लकर सुविधामा विशेष छूट दिएको छ । कम्पनीको ११औं सभाले ८ दशमलव ४ प्रतिशत नगद लाभांश पारित गरेको छ । सभामा संस्थापक समूहको शेयर स्वामित्व ६० दशमलव ४५ प्रतिशत रहेकाले संस्थापकतर्फको शेयर स्वामित्व ५१ प्रतिशत कायम गर्न यसतर्फको बाँकी शेयर सर्वसाधारणमा शेयर परिवर्तन गर्न स्वीकृति दिएको छ । कम्पनीका ३२ ओटा शाखा छन् भने राप्ति भेरी विकास प्राप्तिपछि ६ ओटा शाखा थप हुनुका साथै २२ ओटा नयाँ शाखा सञ्चालनमा आएकाले जम्मा ६० ओटा शाखा कायम छन् । आगामी दिनमा थप ३० ओटा शाखा विस्तार गर्ने कार्य भइरहेको र हाम्रो विकास बैंकको प्राप्तिपछि ७ ओटा शाखा र एउटा एक्स्टेन्सन काउन्टर थप हुने जानकारी कम्पनीले दिएको छ ।

बैंकको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
  • कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. १७ करोड ४ लाख नाफा आर्जन गरेको छ । कम्पनीले गत आवमा रू. १४ करोड २५ लाख नाफा कमाएको थियो । यो गत आवको तुलनामा १९ प्रतिशत बढी हो । कम्पनीको खुद ब्याज आम्दानी गत आवको तुलनामा ३६ प्रतिशत बढी छ । गत आवमा रू. ३४ करोड १५ लाख रहेको खुद ब्याज आम्दानी चालू आवमा रू. ४६ करोड ६६ लाख पुगेको छ ।
  • कम्पनीको सञ्चालन मुनाफा गत आवको तुलनामा २१ प्रतिशत बढेर रू. २६ करोड ७६ लाख पुगेको छ । कम्पनीको फिक्स सम्पत्ति रू. २४ करोड ३६ लाख छ भने अन्य सम्पत्ति रू. ३७ करोड ९५ लाख छ ।
  • कम्पनीले ब्याजबाट रू. १ अर्ब ४० करोड आम्दानी गरेको छ भने ब्याज खर्च रू. ९३ करोड ३७ लाख छ । कम्पनीको कर्मचारी खर्च रू. १३ करोड ५० लाख छ । कम्पनीको विविध सञ्चालन खर्च रू. १० करोड ९५ लाख छ ।
  • कम्पनीको प्रतिशेयर आम्दानी रू. १३ दशमलव १४, पीई रेशियो १० दशमलव ५० प्रतिशत, प्रतिशेयर नेटवर्थ रू. १ सय १७ दशमलव ६४, प्रतिशेयर कुल सम्पत्ति मूल्य रू. १ हजार १ सय २८ दशमलव ६८ छ भने तरलता अनुपात २४ दशमलव ८२ प्रतिशत छ ।
  • अर्निङ पावर रेशियो : ०.९८१२५ गुणा
  • अर्निङ यिल्ड रेशियो : ९.५९ प्रतिशत
प्राविधिक विश्लेषण खरीद चाप : कम्पनीको बुधवार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा विक्रीचापको तुलनामा खरीद चाप बढी छ । कारोबारको अन्तिम समयमा १९ हजार ५ सय ५० कित्ता शेयर खरीद र ६ हजार १ सय ३७ कित्ता शेयर विक्री गर्ने माग थियो ।

निष्कर्ष कम्पनीको ६६ दिनको शेयर कारोबारलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिन ओपनिङ कालो मारुबोजु आकृति भएको मैनबत्ती बनेको छ । यसले आगामी दिनमा कम्पनीको शेयरमूल्य घट्ने संकेत गर्छ । सोही अवधिको कारोबारमा आरएसआई न्युट्रल जोन ४८ दशमलव ६७ स्केलमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन शून्य दशमलव ९७ विन्दुमा छ । यस अवधिमा उतारचढाव न्यून छ । कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । १४ दिनेले २६ दिने औसत रेखालाई काटेर तल गएको छ । हालको मूल्यले यी दुवै रेखालाई काटेर माथि गई तल आएको छ । १४ दिने रेखा र हालको मूल्य एकआपसमा जोडिएका छन् । यदि हालको मूल्य रू. १ सय ३७ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ सय ३९ मा प्रतिरोध पाउन सक्छ भने मूल्य सस्तिएमा १ सय ३६ मा टेवा पाउन सक्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)