ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चिलिमे हाइड्रोपावर कम्पनी : कम्पनी विश्लेषण (शुक्रवार, १० फागुन २०७५)

Feb 22, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
चिलिमे हाइड्रोपावर कम्पनीको सहायक कम्पनी रसुवागढी हाइड्रोपावर कम्पनी, सान्जेन जलविद्युत कम्पनी र मध्य भोटेकासी जलविद्युत कम्पनी रहेको छन् । रसुवागढी, सान्जेन र भाटेकोशी जलविद्युत कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, कार्यरत कर्मचारी र संस्थापक संस्थागठित संस्थाका कर्मचारीहरुलाई शेयर जारी गरिसकेका छन् । रसुवागढी हाइड्रोपावर र सान्जेन जलविद्युत कम्पनीले सर्वसाधारण को लागि आईपीओ जारी गर्न सेबोनमा निवेदन दिएका छन् । रसुवागढी हाइड्रोपावर कम्पनीले १ करोड २ लाख ६३ हजार १ सय ५० कित्ता आईपीओ जारी गर्न मङ्सिर २७ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । साञ्जेन जलविद्युत कम्पनीले ५४ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्न पुस ४ गते निवेदन दिएको हो । यस कम्पनीको विक्री प्रबन्धक सिटीजन्स इन्भेष्टमेण्ट ट्रष्ट रहेको छ । कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. ४५ करोड ३१ लाख नाफा कमाएको छ । गत आवको सोही अवधिको तुलनामा १३ प्रतिशतले कमी आएको हो । कम्पनीको विद्युत विक्रीमा कमी आएकाले नाफा घटेको हो । बिहीवार कम्पनीको ७९ लाख ३० हजार २ सय २६ दशमलव ३० कित्ता बोनस शेयर सूचिकृत भएको छ । २० प्रतिशत बोनस शेयर सूचिकृत भएको हो । अब यो शेयर लगानीकर्ताले खरीद विक्री गर्न सक्नेछन् ।

कम्पनीको आव २०७५/७६ र आव २०७४/७५ को दोस्रो त्रैमासिक वित्तीय विवरणबीच तुलना :
  • कम्पनीले पुस मसान्तसम्ममा विद्युत् विक्रीबाट रू. ६२ करोड ४२ लाख आम्दानी गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा १ दशमलव २५ प्रतिशत कम हो । नेपाल विद्युत् प्राधिकरणले आवश्यकता अनुसार मात्र अधिक विद्युत् ऊर्जा खरीद गर्ने र यस अवधिमा कम विद्युत् ऊर्जा खरीद भएकाले विद्युत् विक्री घटेको कम्पनीले प्रकाशित वित्तीय विवरणमा उल्लेख गरेको छ ।
  • कम्पनीले रिजर्भ कोषमा रू. ४ अर्ब ४२ करोड छुट्याएको छ । कम्पनीको कुल चालू सम्पत्ति रू. १ अर्ब ७९ करोड र कुल चालू दायित्व रू. ३० करोड छ । सञ्चालन नाफा ६ प्रतिशत घटेर रू. ४८ करोड ३० लाखमा सीमित भएको छ ।
  • कम्पनीको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी रू. १९ दशमलव ०५, मूल्य आम्दानी अनुपात २८ दशमलव ६५६, तरलता अनुपात ५ दशमलव ९७ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १ सय ९२ दशमलव ९० छ । बिहीवारको शेयर रू. ५ सय ५ कायम भएको छ ।
  • अर्निङ पावर रेशियो : ०.०४ गुणा
  • अर्निङ यिल्ड रेशियो : ३.७७ प्रतिशत
प्राविधिक विश्लेषण खरीद चाप : कम्पनीको बिहीवार भएको शेयर कारोबारको अन्तिम समयसम्म विक्री चापको तुलनामा खरीद चाप बढी छ । यस अवधिसम्म २ हजार ९ सय ९१ कित्ता शेयर खरीद गर्ने माग र १ हजार ९ सय ५ कित्ता शेयर विक्री गर्ने माग थियो ।

निष्कर्ष कम्पनीको ६७ दिनको कारोबार अवधिको अन्तिम दिनमा ह्याम्मर आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बुलिशमा रिभर्स हुने संकेत गर्छ । विश्वसनीयता भने सामान्य छ । ओभरसोल्ड जोन २९ दशमलव ३५ विन्दुमा छ । यसले शेयर विक्री चाप बढेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १ दशमलव ५४ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । पछिल्लो शेयरमूल्य रू. ५ सय ५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ५ सय ३७ मा प्रतिरोध पाउने देखिन्छ । (फागुन १० गते प्रकाशित चिलिमे हाइड्रोपावरको कम्पनी विश्लेषणमा अन्यथा भएकाले सच्याइएको छ ।)
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)