ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गुडविल फाइनान्स लिमिटेड : कम्पनी विश्लेषण (आइतवार, १२ फागुन २०७५)

Feb 24, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
चालू आवको दोस्रोे त्रैमासमा कम्पनीले रू. ३ करोड २२ लाख नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ४५ प्रतिशत बढी हो । कम्पनीले रू. ४ करोड ३३ लाख खराब कर्जा संकलन गरेपछि नाफा बढेको हो भने कम्पनीले रू. ११ करोड ७८ लाख खुद ब्याज आम्दानी गरेको छ । कम्पनीको चुक्तापूँजी रू. ८० करोड पुगेको छ भने जगेडा कोषमा रू. १५ करोड ६८ लाख रहेको छ । कम्पनीले रू. ५ अर्ब ३७ करोड कर्जा प्रवाह गरेको छ । कम्पनीले २४औं वार्षिक साधारणसभा शुक्रवार सम्पन्न गरेको छ । सभाले ५ दशमलव २६३ प्रतिशत नगद लाभांश पारित गरेको छ । कम्पनीले आगामी दिन शाखा बढाउने योजना लिएको छ । कम्पनीले नवलपुर र धनगढीमा शाखा स्थापना गर्न लागेको छ । कम्पनीले निक्षेपमा गत आवको तुलनामा १६ दशमलव ६७ प्रतिशत बढाएको छ भने रू. ४ अर्ब ६७ करोड कर्जा प्रवाह गरेको छ । कम्पनीको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
  • कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. ११ करोड ७८ लाख खुद ब्याज आम्दानी र रू. १ करोड १७ लाख सञ्चालन मुनाफा गरेको छ । कम्पनीको सञ्चालन मुनाफा गत आवको तुलानमा ७३ प्रतिशत घटेको छ । कम्पनीको पहिलो त्रैमासमै सञ्चालन मुनाफा नोक्सानमा थियो । दोस्रो त्रैमासमा भने पहिलो त्रैमासको तुलनामा वृद्धि भएको हो । तर गत आवको तुलनामा भने कम छ । कम्पनीको नाफा बढेर रू. ३ करोड २२ लाख पुगेको छ । कम्पनीको खुद ब्याज आम्दानी गत आवको तुलनामा ७२ दशमलव ८८ प्रतिशत बढेको छ ।
  • कम्पनीले रू. ३८ करोड ९३ लाख ब्याज आम्दानी गर्दा रू. २७ करोड १५ लाख ब्याज खर्च गरेको छ । खर्चभन्दा आम्दानी बढे पनि नाफा बढेको हो । कम्पनीले कर्मचारीमा रू. ३ करोड १७ लाख खर्च गरेको छ । कम्पनीले अन्य सञ्चालन खर्च रू. ३ करोड ३९ लाख गरेको छ । कम्पनीले रू. ३ करोड ३३ लाख खराब कर्जा संकलन गरेको छ ।
  • कम्पनीको कुल सम्पत्ति रू. ४३ करोड ६१ लाख बराबरको रहेको छ भने अन्य सम्पत्ति रू. १९ करोड ६४ लख बराबरको छ । कम्पनीको बैंक खातामा रू. २४ करोड ९६ लाख रहेको छ ।
  • कम्पनीको निष्क्रिय कर्जा शून्य दशमलव ८५ प्रतिशत रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ८ दशमलव शून्य ६ छ भने प्रतिशेयर नेटवर्थ रू. १ सय १९ दशमलव ६१ छ । कम्पनीको मूल्य आम्दानी अनुपात रू. १५ दशमलव शून्य १ छ भने प्रतिशेयर कुल सम्पत्ति मूल्य रू. १ हजार ५२ दशमलव ७८ छ । कम्पनीको तरलता अनुपात ३५ दशमलव १९ प्रतिशत छ ।
  • अर्निङ पावर रेशियो : ०.००३८ गुणा
  • अर्निङ यिल्ड रेशियो : ७.१३ प्रतिशत
  • खरीद चाप : कम्पनीको बिहीवार भएको शेयर कारोबारमा विक्री चापको तुलनामा खरीद चाप बढेकोे छ । बिहीवार २ हजार ८ सय ३१ कित्ता खरीदको माग आएको थियो भने विक्रीका लागि कुनै पनि लगानीकर्ताको माग नरहेको मार्केट डेप्थमा देखिएको थियो ।

निष्कर्ष कम्पनीको ४३ दिनको कारोबार अवधिको अन्तिम दिन कालो आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयर अन्योल देखाउँछ । बिहीवार बजार खुलेपछिको मूल्य र उच्च पुगेको मूल्य रू. १ सय १५ र न्यूनतम मूल्य र बन्द भएको मूल्य एउटै रू. १ सय १३ रहेकाले आगामी दिन के शेयरमूल्य के होला भन्ने अन्योल देखाउँछ । एआरएसआई न्युट्रल जोन ३६ दशमलव ९८ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन शून्य दशमलव ९७ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिन खोजेका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । बिहीवारको शेयरमूल्य रू. १ सय १३ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. १ सय १९ मा प्रतिरोध पाउने देखिन्छ । बिहीवार कम्पनीको शेयरमूल्य १ वर्षकै न्यून रहेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)