सेन्ट्रल फाइनान्स कम्पनी : कम्पनी विश्लेषण (सोमवार, १३ फागुन २०७५)
Feb 25, 2019
 
लगानी
कम्पनी विश्लेषण
कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. २ करोड ८२ लाख र नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा २४ दशमलव ७१ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा कम्पनीले रू. २ करोड २६ लाख नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । सोही अवधिमा कम्पनीको चुक्तापूँजी रू. ८२ करोड ३३ लाख पुगेको छ भने रिजर्भ कोषमा रू. १८ करोड ७२ लाख छुट्याएको छ । रिजर्भ कोषको रकम गत आवको तुलनामा केही बढी हो । कम्पनीले गत आवको नाफाबाट शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उपत्यकाबाहिर शाखा कार्यालय तथा सेवा विस्तार गर्ने र कारोबारमा आधुनिकीकरण गर्ने कम्पनीको आगामी योजना छ ।
कम्पनीको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. ७ करोड ३६ लाख खुद ब्याज आम्दानी गर्दा रू. २ करोड ८२ लाख नाफा आर्जन गरेको छ । कम्पनीले रू. २२ करोड ७८ लाख ब्याज आम्दानी गर्दा रू. १५ करोड ४२ लाख ब्याजमा खर्च गरेको छ । गत आवको तुलनामा चालू आवमा ब्याज आम्दानी २८ प्रतिशत बढेको छ भने ब्याज खर्च १८ प्रतिशत बढेको छ ।
कम्पनीको कर्मचारी खर्च रू. १ करोड ९३ लाख छ । यो गत आवको तुलनामा १६ दशमलव ८९ प्रतिशत बढी हो । कम्पनीले अन्य सञ्चानलमा रू. १ करोड खर्च गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ४ प्रतिशत बढी हो ।
कम्पनीको कुल सम्पत्ति रू. ४ अर्ब ३६ करोड छ भने अन्य सम्पत्ति रू. १९ करोड ६४ लाख छ । कम्पनीले रू. २५ करोड २३ लाख लगानी गरेको छ ।
कम्पनीको निष्क्रिय कर्जा १ दशमव ४९ प्रतिशत छ । कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिक) रू. ६ दशमलव ८६ छ भने प्रतिशेयर नेटवर्थ रू. १ सय २२ दशमलव ७४ छ । कम्पनीको मूल्य आम्दानी अनुपात रू. १६ दशमलव ६१ छ भने प्रतिशेयर कुल सम्पत्ति मूल्य रू. ५ सय २२ दशमलव ६९ छ । कम्पनीको तरलता अनुपात २८ दशमलव ९० प्रतिशत छ ।
डिभिडेन्ड यिल्ड रेशियो : ६.२५
अर्निङ पावर रेशियो : ०.००६ गुणा
अर्निङ यिल्ड रेशियो : ६.१२ प्रतिशत
खरीद चाप : कम्पनीको आइतवार भएको शयर कारोबारमा विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिमा २ हजार ४ सय कित्ता शेयर खरीद गर्ने माग थियो भने ७ सय ७६ कित्ता शेयर विक्री गर्ने माग थियो । अन्त्यमा कारोबार भने हुन सकेन ।
निष्कर्ष
कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा सेतो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत देखाउँछ । आरएसआई न्युट्रल जोन ५२ दशमलव ३३ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन शून्य दशमलव ८० विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । पछिल्लो शेयरमूल्य रू. १ सय १२ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ सय १३ मा प्रतिरोध पाउने देखिन्छ । शेयरमूल्य घटेमा रू. १ सय ९ मा टेवा पाउने देखिन्छ ।