सिर्जना फाइनान्स कम्पनी : कम्पनी विश्लेषण (सोमवार, १३ फागुन २०७५)
Feb 25, 2019
 
लगानी
कम्पनी विश्लेषण
कम्पनीले पूँजीवृद्धिका लागि १० बराबर ६ अनुपातमा हकप्रद शेयर जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा असोज २ गते निवेदन दिएको छ । २४ लाख ४ हजार ८० कित्ता हकप्रद शेयर जारी गर्न निवेदन दिएको हो । विक्रीप्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड छ । हाल कम्पनीको चुक्तापूँजी रू. ४६ करोड छ । हकप्रद शेयर निष्कासन तथा बाँडफाँट गरेपछि पूँजी रू. ७० करोड ११ लाख पुग्नेछ । चालू आवको दोस्रो त्रैमासमा कम्पनीले रू. ४ करोड २८ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ५७ प्रतिशत बढी हो । गत आवको दोस्रो त्रैमासमा कम्पनीले रू. ३ करोड ५५ लाख नाफा कमाएको थियो ।
कम्पनीको चालू आवको दोस्रोे त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ बीच तुलना गर्दा :
कम्पनीले दोस्रो त्रैमासमा रू. ५ अर्ब ९९ करोड निक्षेप संकलन गरेको छ भने रू. ४ अर्ब १५ करोड कर्जा प्रवाह गरेको छ । गत आवको सोही अवधिको तुलनामा निक्षेप ३९ प्रतिशत र कर्जा प्रवाह २८ प्रतिशत बढी हो ।
कम्पनीले रिजर्भ कोषमा रू. १४ करोड ८ लाख छुट्याएको छ भने रू. १२ करोड ३० लाख लगानी गरेको छ । रू. ३२ करोड ७६ लाख ब्याज आम्दानी गर्दा रू. २६ करोड ६४ लाख खर्च भएको छ । गत आवको सोही अवधिको तुलनामा खर्च बढेकाले खुद ब्याज आम्दानी घटेको हो ।
सम्भावित जोखिमबापतको व्यवस्थामा रू. ४ करोड ४ लाख छुट्याएको कम्पनीको निष्क्रिय कर्जा ३ दशमलव २५ प्रतिशत छ । पूँजीकोष लागत ९ दशमलव १३ प्रतिशत र पूँजीकोष पर्याप्तता १३ दशमलव १६ प्रतिशत छ ।
दोस्रोे त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी रू. १८ दशमलव ५९, मूल्य आम्दानी अनुपात १२ दशमलव १६, तरलता अनुपात ४४ दशमलव २८, पूँजीकोष अनुपात १३ दशमलव १६, प्रतिशेयर कुल सम्पत्तिको मूल्य रू. १ हजार ५ सय ६३ दशमलव ८८ र प्रतिशेयर नेटवर्थ रू. १ सय ३० दशमलव ५६ छ । आइतवार कम्पनीको शेयरमूल्य रू. २ सय १५ कायम भएको छ ।
अर्निङ पावर रेशियो : ०.०००५ गुणा
अर्निङ यिल्ड रेशियो : ८.६४ प्रतिशत
खरीद चाप : कम्पनीको आइतवार भएको शेयर कारोबारमा विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिसम्म २ सय ५० कित्ता शेयर खरीद गर्ने माग र २ सय २२ कित्ता शेयर विक्री गर्ने माग थियो ।
निष्कर्ष
कम्पनीको ४३ दिनको कारोबार अवधिको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा इन्भर्टेड ह्याम्मर आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बुलिशमा रिभर्स हुने संकेत गर्छ । विश्वसनीयता भने सामान्य छ । कम्पनीको आरएसआई न्युट्रल जोन ३५ दशमलव ३७ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । त्यस्तै, कम्पनीको स्ट्यान्डर्ड डेभिएशन शून्य दशमलव ९७ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । कम्पनीको मुभिङ एभरेजमा २६ दिने र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । सोमवारको शेयरमूल्य रू. २ सय १५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. २ सय २२ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. २ सय ११ मा टेवा पाउने देखिन्छ ।