ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिभिल बैंक : कम्पनी विश्लेषण (शुक्रवार, १७ फागुन २०७५)

Mar 1, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
आर्थिक वर्ष २०७५/७६ चलिरहँदा सिभिल बैंकले यसअघिका २ वर्षको वार्षिक साधारणसभा सम्पन्न गर्न बाँकी छ । कम्पनीले दुवै वर्षका लागि लाभांश प्रस्ताव गरे पनि हालसम्म साधारणसभा गर्ने सूचना भने सार्वजनिक गरेको छैन । दुवै आर्थिक वर्षको साधारणसभा संयुक्त गर्ने प्रस्ताव नेपाल राष्ट्र बैंकमा पेश गरेको जानकारी बैंकले दिएको छ । सिभिलले आव २०७३/७४ का लागि १० दशमलव २५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५४ प्रतिशत नगद लाभांश र आव २०७४/७५ का लागि ४ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा रू. ३५ करोड ९७ लाख १५ हजार खुद नाफा गरेको छ । यस अवधिमा कम्पनीको वितरणयोग्य नाफा रू. २३ करोड ९८ लाख ८ हजार छ । आर्थिक वर्ष २०७३/७४ को प्रस्तावित बोनस शेयर पारित हुन बाँकी हुँदै कम्पनीले बोनससमेत पूँजीकृति गरिसकेको वित्तीय विवरण सार्वजनिक गरेको छ । बोनस पूँजीकृत गरेपछि कम्पनीको चुक्तापूँजी रू. ८ अर्ब ३३ लाख ९० हजार पुगेको छ ।

कम्पनीको चालू आवको दोस्रो त्रैमासकको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ वर्षबीच तुलना गर्दा :
  • कम्पनीको जगेडा कोष रकम गतवर्षको तुलनामा १३ दशमलव ९१ प्रतिशत कम रू. २ अर्ब ११ करोड ५६ लाख ५८ हजार छ ।
  • गतवर्ष रू. ३६ अर्ब ९५ करोड ९७ लाख ५० हजार निक्षेप उठाएको कम्पनीले यस वर्ष रू. ४३ अर्ब ८ करोड ४५ लाख ८६ हजार उठाएको छ । यो रकम गतवर्षको तुलनामा साढे १६ प्रतिशत बढी हो ।
  • कर्जा प्रवाह गतवर्षको तुलनामा करीब २७ प्रतिशत बढी छ । गतवर्ष रू. ३४ अर्ब ३० करोड ७९ लाख ४८ हजार कर्जा प्रवाह गरेको कम्पनीले यस वर्ष रू. ४३ अर्ब ५५ करोड ६ लाख ३७ हजार कर्जा उपलब्ध गराएको हो ।
  • कम्पनीले यस वर्ष गतवर्षभन्दा ३१ प्रतिशत बढी रू. २ अर्ब ७४ करोड ७२ लाख ३४ हजार ब्याज आम्दानी गरी करीब १७ प्रतिशत बढी रू. १ अर्ब ६४ करोड ९२ लाख ६ हजार ब्याजमा खर्चिएको छ ।
  • कर्मचारी खर्च शीर्षकमा गतवर्षभन्दा २५ प्रतिशत बढी रू. ३० करोड १९ हजार खर्च भएको छ भने सञ्चालन नाफा करीब ६५ प्रतिशत बढी रू. ५१ करोड ९ लाख ३१ हजार छ ।
  • कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ १ पैसा, प्रतिशेयर नेटवर्थ १ सय ३३ रुपैयाँ ९३ पैसा, निष्क्रिय कर्जा ३ दशमलव ५४ प्रतिशत, पूँजीकोष लागत ८ दशमलव २० प्रतिशत र तरलता अनुपात २१ दशमलव ८७ प्रतिशत छ ।
  • अर्निङ पावर रेशियो : ०.००६३ गुणा
  • अर्निङ यिल्ड रेशियो : ६.०८ प्रतिशत
प्राविधिक विश्लेषण खरीद चाप : कम्पनीको बुधवार भएको शेयर कारोबारमा अन्तिम समयसम्म विक्री चापभन्दा खरीद चाप बढी थियो । सो समयसम्म २५ हजार ४ सय २८ कित्ता शेयर खरीद र ६ हजार २३ कित्ता शेयर विक्री गर्ने माग थियो ।

निष्कर्ष कम्पनीको ६८ दिनको कारोबार अवधिको अन्तिम दिनमा सामान्य डोजी आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने र घट्नेमा अन्योल सृजना गर्छ । आरएसआई न्युट्रल जोन ३६ दशमलव ४८ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनामा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १ दशमलव ९३ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । पछिल्लो शेयरमूल्य रू. १ सय ४९ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ सय ५१ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १ सय ४७ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)