ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नबिल बैंक लिमिटेड : कम्पनी विश्लेषण (शुक्रवार, १७ फागुन २०७५)

Mar 1, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
नबिल बैंक निजी क्षेत्रको पहिलो बैंकको रूपमा स्थापित छ । कम्पनीले २०७४/७५ को नाफाबाट शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सो लाभांश पारित गर्न कम्पनीले फागुन २७ गते साधारणसभाको आयोजना गर्दै छ । फागुन १३ गतेसम्म शेयर किन्ने शेयरधनीले उक्त लाभांश पाउनेछन् । सोही कारण सोमवार कम्पनीको सबैभन्दा बढी रू. २ करोड ४८ लाखबराबरको शेयर कारोबार भएको छ । कम्पनीले ७४ ओटा शाखा कार्यालय र १ सय ३१ ओटा एटीएमबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको वितरणयोग्य नाफा रू. २ अर्ब ४ करोड छ । गत आवको दोस्रो त्रैमासको तुलनामा ४१ प्रतिशत बढी हो । कम्पनीको चुक्तापूँजी रू. ८ अर्ब ४ करोड छ । कम्पनी न्यू बिज बिजनेश कन्क्लेभ अवार्ड २०१८ मा बेष्ट म्यानेज्ड कमर्शियल बैंकको अर्वाड प्राप्त गर्न सफल भएको छ ।

कम्पनीको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
  • कम्पनीले पुस मसान्तसम्ममा रू. १ खर्ब ४९ अर्ब निक्षेप संकलन गरेको छ भने रू. १ खर्ब ३० अर्ब कर्जा प्रवाह गरेको छ । गत आवको सोही अवधिको तुलनामा निक्षेप २३ प्रतिशत र कर्जा प्रवाह २६ प्रतिशत बढी हो । कम्पनीले रिजर्भ कोषमा रू. १४ अर्ब ५२ करोड छुट्याएको छ । खुद नाफा रू. २ अर्ब १७ करोड छ ।
  • रू. ७ अर्ब ३२ करोड ब्याज आम्दानी हुँदा रू. ३ अर्ब ७१ करोड ब्याज खर्च भएको छ । कर्मचारी खर्च २३ प्रतिशत बढेर रू. ९४ करोड ६० लाख पुगेको छ । सञ्चालन नाफा रू. ३ अर्ब ८ करोड पुगेको छ । यो गत आवको तुलनामा १८ प्रतिशत बढी हो ।
  • पूँजीकोष लागत ५ दशमलव ९२ प्रतिशत, पूँजीकोष पर्याप्तता ११ दशमलव ९५ प्रतिशत र निष्क्रिय कर्जा शून्य दशमलव ६२ प्रतिशत छ ।
  • दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी रू. ५४ दशमलव २८, मूल्य आम्दानी अनुपात १५ दशमलव ४०, तरलता अनुपात २३ दशमलव ३६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २ सय ८० दशमलव ५७ छ । सोमवारको शेयरमूल्य रू. ६ सय ८७ कायम भएको छ ।
  • अर्निङ पावर रेशियो : ०.०११ गुणा
  • अर्निङ यिल्ड रेशियो : ७.९० प्रतिशत
  • खरीद चाप : कम्पनीकोे बुधवार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिसम्म ५ हजार ७ सय १ कित्ता शेयर खरीद र ४ हजार ३७ कित्ता शेयर विक्री गर्ने माग थियो ।

निष्कर्ष कम्पनीको ६८ दिनको कारोबार अवधिको अन्तिम दिनमा सामान्य डोजी आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिन बढ्ने र घट्नेमा अनिश्चय सृजना गर्छ । आरएसआई ओभरसोल्ड जोन १४ दशमलव ४१ विन्दुमा छ । यसले शेयर विक्री चाप बढेकोे देखाउँछ । त्यस्तै, स्ट्यान्डर्ड डेभिएशन ४३ दशमलव ५३ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकआपसमा टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । पछिल्लो शेयरमूल्य रू. ६ सय ८७ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ८ सय ३ मा प्रतिरोध पाउने देखिन्छ । पछिल्लो शेयरमूल्य नै टेवा मूल्य रहेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)