ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शिखर इन्स्योरेन्स कम्पनी : कम्पनी विश्लेषण (शुक्रवार, १७ फागुन २०७५)

Mar 1, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
चालू आर्थिक वर्ष (आव) २०७५/७६ को दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. २१ करोड १२ लाख नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा ७ प्रतिशत बढी हो । कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. १९ करोड ६६ लाख नाफा कमाएको थियो । दोस्रो त्रैमासमा कम्पनीले रू. ३५ करोड २१ लाख आम्दानी गर्न सफल भएकाले नाफा बढेको हो । न्यू बिज बिजनेश कन्क्लेभ अवार्ड–२०१८ मा बेष्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनीको फष्र्ट रनर अपको अवार्ड प्राप्त गर्न कम्पनी सफल भएको छ । कम्पनीले जनशक्ति विकास तथा परिचालनका लागि नियमित रूपमा आना कर्मचारीलाई तालीम व्यवस्था गर्र्दै आएको छ । यसबाट हरेक क्षेत्रमा वैकल्पिक जनशक्तिसमेत विकास गर्दै जाने योजना कम्पनीको छ । कम्पनीले प्राकृतिक प्रकोपबाट सृजना हुने महाविपत्ति जोखिमलाई व्यवस्थापन गर्न आफ्नो धारण शक्तिको मूल्यांकन गर्दै कुशल पुनर्बीमा व्यवस्था गर्दै जाने रणनीति लिएको छ । मर्जर तथा एक्विजिशन गर्ने, उत्पादनमा विविधता ल्याउने, एक अग्रस्थानको कम्पनी बन्ने र बैंकासुरेन्स सुविधा उपलब्ध गराउने योजना कम्पनीको छ ।

कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार आव २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा : पुस मसान्तसम्ममा कम्पनीले रू. १ अर्ब ६७ करोड बीमा शुल्क आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ३ प्रतिशत बढी हो । कम्पनीको जारी बीमालेखको संख्या १ लाख ५९ हजार ९ सय ९ छ । पुनर्बीमा कमिशनबाट रू. २० करोड ४६ लाख आम्दानी गरेको छ । दीर्घकालीन लगानी तथा कर्जा रू. १ अर्ब १ करोड छ । यो गत आवको दोस्रो त्रैमासको तुलनामा १ सय ३० प्रतिशत बढी हो । कम्पनीले रू. ३५ करोड २१ लाख आम्दानी गर्दा रू. १४ करोड १ लाख खर्च भएको छ । बीमा कोषको रकम ३० प्रतिशत बढेर रू. ९५ करोड ७१ लाख पुगेको छ । कम्पनीले ३ हजार ७ सय २१ जनालाई रू. ७४ करोड दाबी भुक्तानी गरेको छ भने ४ हजार १ सय ७६ जनालाई रू. ७३ करोड ४८ लाख दाबी भुक्तानी गर्न बाँकी छ । दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी (वार्षिक) रू. ४० दशमलव १, मूल्य आम्दानी अनुपात २३ दशमलव २७ र प्रतिशेयर नेटवर्थ रू. २ सय २८ दशमलव २१ छ । बुधवारको शेयरमूल्य रू. ८ सय ६१ कायम भएको छ । डिभिडेण्ड यिल्ड रेशियो : ३.६४ प्रतिशत अर्निङ पावर रेशियो : ०.०८ गुणा अर्निङ यिल्ड रेशियो : ५ प्रतिशत

निष्कर्ष कम्पनीको ६५ दिनको कारोबार अवधिको अन्तिम दिनमा ह्याम्मर आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बुलिश ट्रेन्डमा रिभर्स हुने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४४ दशमलव ३८ स्केलमा छ । यसले खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । त्यस्तै, स्ट्यान्डर्ड डेभिएशन ५ दशमलव ४९ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यसैगरी, मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा आपसमा टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । पछिल्लो शेयरमूल्य रू. ८ सय ६१ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ८ सय ७६ मा प्रतिरोध र मूल्य सस्तिएमा रू. ८ सय ६० मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)