ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हिमालयन जनरल इन्स्यारेन्स : कम्पनी विश्लेषण(बुधवार, २२ फागुन २०७५)

Mar 6, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड कम्पनी ऐनबमोजिम स्थापना भई बीमा ऐन २०४९ बमोजिम सञ्चालित निर्जीवन बीमा कम्पनी हो । विसं २०५० साउन १३ गते बीमा समितिबाट कारोबार सञ्चालनका लागि इजाजत प्राप्त गरेको कम्पनीले विसं २०५० मङ्सिर १६ गतेदेखि कारोबार शुरू गरेको हो । ग्राहकको सन्तुष्टिलाई प्रमुख मानेको यस कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. ८ करोड ६० लाख नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ६८ प्रतिशत बढी हो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीले रू. १४ करोड २७ लाख आम्दानी गरेकाले नाफामा वृद्धि भएको हो । चुक्तापूँजी रू. १ अर्ब २ करोड रहेको कम्पनीले रिजर्भ कोषमा रू. १९ करोड ८९ लाख छुट्याएको छ । कम्पनीले २०७४/७५ को साधारणसभाको आयोजना गरेको छैन । एनएफआरएस अनुसार वित्तीय विवरण प्रकाशित गर्नुपर्ने भएकाले साधारणसभा गर्न ढिलाइ भएको कम्पनीको अन्डरराइटिङ प्रबन्धक नीरजमान सिंह प्रधानले बताए । बीमा गर्न आम जनतालाई सहज हुने मोबाइल एप्स ल्याउने कम्पनीको आगामी योजना छ ।

कम्पनीले सार्वजनिक गरेको चालू आवको दोस्रोे त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
  • कम्पनीले कुल रू. ७२ करोड ७९ लाख बीमा शुल्क आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ४० प्रतिशत बढी हो । जारी बीमालेखको संख्या २५ हजार १ सय १९ र नवीकरण गरिएको बीमालेखको संख्या ८ हजार ७ सय ९६ छ ।
  • कम्पनीले पुस मसान्तसम्ममा पुर्नबीमा कमिशनबाट रू. ७ करोड ३६ लाख आम्दानी गरेको छ । बीमा कोषमा रू. ४४ करोड ९६ लाख जम्मा भएको छ । यो गत आवको सोही अवधिको तुलनामा २६ प्रतिशत बढी हो ।
  • रू. १४ करोड २७ लाख आम्दानी गर्दा रू. ५ करोड ६७ लाख खर्च भएको छ । २ हजार ७ सय ६ जनालाई रू. २६ करोड ९८ लाख दाबी भुक्तानी गरेको कम्पनीले १ हजार २ सय ४५ जनालाई रू. १ अर्ब ५० करोड दाबी भुक्तानी गर्न बाँकी छ । कम्पनीले ग्राहकहरूलाई स्तरीय बीमा सेवा प्रदान गर्न बजार विस्तार गरी व्यवसायमा विविधीकरण गर्दै जाने रणनीति लिएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी रू. ८ दशमलव ३७, मूल्य आम्दानी अनुपात ४७ दशमलव ५३, प्रतिशेयर नेटवर्थ रू. १ सय ६३ दशमलव १५ र प्रतिशेयर कुल सम्पत्तिको मूल्य रू. २ सय ७५ दशमलव ०८ छ । मंगलवारको शेयरमूल्य रू. ३ सय ७० कायम भएको छ ।
  • डिभिडेण्ड यिल्ड रेशियो : ५.४० प्रतिशत
  • अर्निङ पावर रेशियो : ०.०५१ गुणा
  • अर्निङ यिल्ड रेशियो : २ .२६ प्रतिशत
  • खरीद चाप : कम्पनीको मंगलवार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिसम्म ४ हजार ५ सय ५३ कित्ता शेयर खरीद गर्ने र २ हजार ५४ कित्ता शेयर विक्री गर्ने माग थियो ।

निष्कर्ष कम्पनीको ६५ दिनको कारोबार अवधिको अन्तिम दिनमा इन्भर्टेड ह्याम्मर आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बुलिश ट्रेन्डमा रिभर्स हुने संकेत देखाउँछ । विश्वसनीयता भने सामान्य छ । कम्पनीको आरएसआई न्युट्रल जोन ४० दशमलव ९१ स्केलमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनामा रहेको देखाउँछ । त्यस्तै, स्ट्यान्डर्ड डेभिएशन ५ दशमलव ७१ विन्दुमा छ । यसले उताुरचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । मंगलवारको शेयरमूल्य रू. ३ सय ७० देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ३ सय ८५ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ३ सय ५८ मा टेवा पाउने देखिन्छ । मंगलवार कम्पनीको शेयरमूल्य अघिल्लो दिनको तुलनामा २ अंक घटेर रू. ३ सय ७० मा पुगेको हो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)