प्रिमियर इन्स्योरेन्स : कम्पनी विश्लेषण(बुधवार, २२ फागुन २०७५)
Mar 6, 2019
 
लगानी
कम्पनी विश्लेषण
विसं २०५१ वैशाख २९ गतेदेखि कारोबार शुरू गरेको प्रिमियर इन्स्योरेन्स कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. ५ करोड ८८ लाख नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ८ दशमलव ८० प्रतिशत बढी हो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको आम्दानी ६८ प्रतिशत बढेकाले नाफामा वृद्धि भएको हो । कम्पनीको चुक्तापूँजी रू. ५८ करोड ४० लाख छ । निर्जीवन बीमा कम्पनीलाई बीमा समितिले रू. १ अर्ब चुक्तापूँजी पुर्याउन तोकेको अझै पुगेको छैन । रू. ४१ करोड ६० लाख रकम अपुग छ । रिजर्भ कोषमा रू. ६० करोड १० लाख छुट्याएको छ । यो रकम गत आवको दोस्रो त्रैमासको तुलनामा १ सय ९४ प्रतिशत बढी हो । बीमा कोषमा रू. ४३ करोड १ लाख जम्मा भएको छ । मंगलवार कम्पनीको शेयरमूल्य अघिल्लो दिनको तुलनामा ३ अंक घटेर रू. १ हजार मा बन्द भएको छ ।
कम्पनीको आव २०७५/७६ र आव २०७४/७५ को दोस्रो त्रैमासिक वित्तीय विवरणबीच तुलना :
पुस मसान्तसम्ममा कम्पनीले रू. ७९ करोड ५४ लाख बीमाशुल्क आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा २ दशमलव ६५ प्रतिशत बढी हो । जारी बीमालेखको संख्या १ लाख ३ हजार १ सय २१ र नवीकरण गरिएको बीमालेखको संख्या ३ हजार ५ सय ८४ छ ।
कम्पनीले रू. १५ करोड ६५ लाख आम्दानी गर्दा रू. ९ करोड ७७ लाख खर्च भएको छ । पुर्नबीमा कमिशनबाट रू. ९ करोड ९४ लाख आम्दानी गरेको छ । दीर्घकालीन लगानी कर्जा रू. ४४ करोड ५८ लाख छ । महाविपत्ति कोषमा रू. ३ करोड ८९ लाख छुट्याएको छ ।
३ हजार ३२ जनालाई रू. ५४ करोड ८६ लाख दाबी भुक्तानी गरेको कम्पनीले ३ हजार ७ सय २२ जनालाई रू. ९६ करोड ९७ लाख दाबी भुक्तानी गर्न बाँकी छ । खुद चालू सम्पत्ति रू. १ अर्ब ११ करोड छ ।
चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी (वार्षिक) रू. २० दशमलव १६, मूल्य आम्दानी अनुपात ५२ दशमलव ९८, प्रतिशेयर नेटवर्थ रू. २ सय ८३ दशमलव २४ छ । मंगलवारको शेयरमूल्य रू. १ हजार कायम भएको छ ।
डिभिडेण्ड यिल्ड रेशियो : १.३२ प्रतिशत
अर्निङ पावर रेशियो : ०.०३५ गुणा
अर्निङ यिल्ड रेशियो : २.०१६ प्रतिशत
खरीद चाप : कम्पनीको मंगलवार भएको शेयर कारोबारमा विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिमा ३ हजार ५ सय ३३ कित्ता शेयर खरीद गर्ने माग थियो भने ४ सय ५० कित्ता शेयर विक्री गर्ने माग थियो ।
निष्कर्ष
कम्पनीको ६७ दिनको कारोबार अवधिको अन्तिम दिनमा ड्र्यागन फ्लाई डोजी बुलिश आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बुलिश ट्रेण्डमा रिभर्स हुने संकेत गर्छ । विश्वसनीयता भने सामान्य छ । कम्पनीको आरएसआई न्युट्रल जोन ४४ दशमलव ७४ स्केलमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनामा रहेको देखाउँछ । त्यस्तै, स्ट्यान्डर्ड डेभिएशन ३ दशमलव १६ विन्दुमा छ । यसले उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । मंगलवारको शेयर मूल्य रू. १ हजारदेखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ हजार २० मा प्रतिरोध र मूल्य सस्तिएमा रू. ९ सय ९८ मा टेवा पाउने देखिन्छ ।