ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सर्वोच्चमा नगन्य महिला न्यायाधीश

Mar 8, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary NA
author avatar विकास भट्टराई
  • सर्वोच्चमा १६ न्यायाधीशमध्ये महिला दुईजना मात्र
  • १०३ पूर्व न्यायाधीशमा चारजना महिला
  • महिला प्रधानन्यायाधीशमा अब सपना प्रधान मल्ल
  • ७ वर्षपछि मात्र महिला प्रधानन्यायाधीश
  • सुशीला सिंह शिलु, शारदा श्रेष्ठ, गौरी ढकाल र सुशीला कार्की पूर्व महिला न्यायाधीश
नेपालमा महिला न्यायाधीशको संख्या नगन्य छ । सर्वोच्च अदालतमा हाल १६ जना न्यायाधीश रहेकामा दुईजना मात्र महिला छन् । यद्यपि प्रधानन्यायाधीशमा महिला भने भइसकेको अवस्था छ । अन्य केही देशमा मात्र न्यायक्षेत्रको उच्च पदमा महिला उच्च पदमा पुगेका छन् । नेपालमा नगन्य मात्रामा महिला न्यायाधीश भए तापनि न्यायक्षेत्रको उच्च पदमा महिला पुग्नुलाई गर्वको रूपमा लिइएको छ । सुशीला कार्की प्रधानन्यायाधीश भएकी महिला हुन् । उनले लगभग ११ महीनाजति न्यायक्षेत्र हाँकेकी थिइन् । बीचमा अन्यथा नभएमा करीब ७ वर्षपछि अर्की महिला प्रधानन्यायाधीशको रूपमा आउने भएकी छिन् । उनी हुन्– सपना प्रधान मल्ल । उनी सर्वोच्च अदालतमा हाल ११औं नम्बरमा रहेकी छिन् । हालका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशमान सिंह राउतपछि उनी प्रधानन्यायाधीश बन्नेछिन् । सपना कानून व्यवसायमा लाग्दा लाग्दै सर्वोच्चको न्यायाधीश भएकी हुन् । उनको कार्यकालमा न्यायक्षेत्र अझ विश्वसनीय हुनेछ भन्ने आम महिला कानून व्यवसायीलगायत पुरुष कानून व्यवसायीले अपेक्षा गरेका छन् । सर्वोच्चमा अर्की महिला न्यायाधीश पनि छिन्– मीरा खड्का, जो जिल्ला न्यायाधीश हुँदै हाल सर्वोच्च पुगेकी हुन् । उनी प्रधानन्यायाधीश राणा तथा न्यायाधीशहरू दीपककुमार कार्की र केदारप्रसाद चालिसेपछि चौथो नम्बरमा पर्छिन् । उनी वर्तमान प्रधानन्यायाधीशको नेतृत्वमै अवकाश पाउनेछिन् । नेपालको संविधानमा उल्लेख भएबमोजिम सर्वोच्चका न्यायाधीशले ६५ वर्षको उमेरसम्म कार्यभार सम्हाल्न पाउनेछन् । मीराको पनि केही वर्षमै ६५ वर्ष उमेर पुग्ने भएकाले अवकाश पाउने भएकी हुन् । उनी पनि हरेक विषयमा क्षमता भएकी न्यायाधीशमा गनिएकी छिन् । सर्वोच्च अदालतमा हालसम्म पूर्व र वर्तमान गरी १०३ जना न्यायाधीश भइसकेका छन् । सो संख्या महिला र पुरुष दुवैको हो । त्यसमध्ये जम्मा ६ जना मात्र महिला न्यायाधीश भएका छन् । हाल भइरहेका मीरा र सपना बाहेक सुशीला सिंह शिलु, शारदा श्रेष्ठ, गौरी ढकाल र सुशीला कार्की भइसकेका महिला न्यायाधीश हुन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)