ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शेयर बजारमा मोफसलका महिलाको आकर्षण

Mar 8, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary NA
author avatar लक्ष्मी शर्मा
शेयर बजारमा महिला सहभागिता बढ्दो छ । पछिल्लो समय उपत्यका बाहिरका शहरी क्षेत्रका महिला समेत शेयर बजारमा लगानी गर्न उत्साहित छन् । यसँगै उपत्यका बाहिर शेयर बजारमा महिलाको आकर्षण बढ्दै गएको छ । शेयर बजारमा सानो लगानी गर्दा पनि भविष्यमा ठूलो लाभ पाइने सम्भावना हुन्छ । त्यसैले यो क्षेत्रमा महिलाको आकर्षण बढेको हो । उपत्यका बाहिर अहिले ४१ ब्रोकर शाखा कार्यालय सञ्चालित छन् । विगत ४–५ वर्षकै अन्तरालमा उपत्यका बाहिर विस्तार भएको शेयर बजारबाट सम्बन्धित क्षेत्रका महिला लाभान्वित भएका छन् । सानो सानो पूँजी लगाएर पनि भविष्यमा राम्रो प्रतिफल पाउन सकिने शेयर बजार महिलाका लागि आयआर्जनको माध्यम बनेको छ । हरेक कम्पनीको साधारणसभा र ब्रोकर कार्यालयमा महिलाको बाक्लो उपस्थिति देखिन्छ । काठमाडौंपछिको दोस्रो ठूलो व्यापारिक शहर पोखरामा शेयर लगानीकर्ता महिला बढ्दै गएको नेपाल स्टक हाउस प्रालिका शाखा प्रमुख गोकुल रिमालले बताए । उनका अनुसार शेयर बजारमा पहिले महिलाको संख्या अत्यन्त न्यून थियो । वीरगञ्जमा पनि शेयर खरीदविक्री गर्ने महिलाको संख्या बढेको प्राइमो सेक्युरिटिज प्रालिका शाखामा कार्यरत दीपक आचार्यले बताए । उनका अनुसार डिम्याट खोल्ने महिलाको संख्या बढेको छ । ‘हाम्रो ब्रोकरबाट शेयर खरीदविक्री गर्ने २० प्रतिशत महिला हुनुहुन्छ,’ उनले भने । यस्तै बजार बढेको बेला शेयरमा लगानी गर्ने महिला पनि बढ्ने गरेको भिजन सेक्युरिटिज बनेपा शाखाका प्रकाश तिवारीले बताए । उनका अनुसार केही वर्ष अघिसम्म महिला प्राथमिक बजारमा मात्र सीमित रहेकोमा अहिले दोस्रो बजारमा कारोबारमा पनि आउन थालेका छन् ।
विष्णुदेवी पराजुली, पोखरा पोखरामा महिलाको सहभागिता पहिलाको तुलनामा अहिले बढेको छ । म विगत ६ वर्षदेखि शेयर कारोबार गर्दै आएको छु । शेयर बजारमा मैले ३ लाखबाट लगानी गरेको हुँ । अहिले ४० लाख पुगेको छ । बीचमा थप लगानी पनि गरेँ । बोनस शेयर र लाभांश पाएको बेला महीनामा २५ हजारदेखि ३० हजारसम्म प्रतिफल पाएँ । सानो सानो रकम शेयर बजारमा लगानी गर्न म अन्य महिला दिदीबहिनीलाई अनुरोध गर्छु । निर्मला शर्मा अधिकारी, बागलुङ विगत ७ वर्षदेखि शेयर खरीदविक्री गर्दै आएकी छु । बागलुङमा शेयर बजारमा लाग्ने दिदीबहिनीको संख्या बढेको छ । हामीले समूहमा लगानी गर्ने गरेका छौं । शेयर बजारबारे आधारभूत जानकारी लिएर, अध्ययन–अनुसन्धान गरेर लगानी गरे राम्रो प्रतिफल पाउन सकिन्छ । सरकारले महिलालार्ई घरजग्गा खरीदमा जस्तै शेयर बजारमा पनि छूटको व्यवस्था मिलाइदिने हो भने महिलाको सहभागिता बढ्ने थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)