शाइन रेसुंगा डेभलपमेन्ट : कम्पनी विश्लेषण (आइतवार, २६ फागुन २०७५)
Mar 10, 2019
 
लगानी
कम्पनी विश्लेषण
व्यवसायको आकार वृद्धिका लागि शाखा सञ्जालको विस्तार, नयाँ व्यावसायिक योजनको विकास, लगानीका नयाँ क्षेत्रको खोजी तथा लगानीलाई विविधीकरण गरी उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने कार्यलाई यस बैंकले निरन्तरता दिँदै आएको छ । हाल एक केन्द्रीय कार्यालय सहित ४० ओटा शाखामार्फत सेवा प्रदान गर्दै आएको छ । निकट भविष्यमै बैंकले तीन शाखा थप्ने तयारी गरेको छ । निक्षेप परिचालन प्रभावकारी रूपमा सञ्चालन गरी निक्षेप योजनामा उचित प्रतिफलका साथै विभिन्न प्रकारका अतिरिक्त सुविधा प्रदान गरी ग्राहकको आवश्यकतालाई प्राथमिकतामा राखेर बैंकले सुविधा उपलब्ध गराएको छ । साथै, बैंकले ग्राहकलाई निःशुल्क आस्बा तथा सी–आस्बा सेवा प्रदान गरी हरेक शाखा कार्यालयबाट अनलाइन शेयर आवेदन गर्न सक्ने व्यवस्था मिलाएको जानकारी दिएको छ ।
कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
गतवर्षको मुनाफाबाट १७.७० प्रतिशत बोनस शेयर वितरणपछि बैंकको चुक्तापूँजी रू. १ अर्ब ६२ करोड २६ लाख ६५ हजार पुगेको छ ।
बैंकले यस वर्ष गतवर्षभन्दा करीब ३५ प्रतिशत बढी रू. १६ अर्ब १० करोड २३ लाख ७२ हजार निक्षेप संकलन गरेको छ भने ३८ दशमलव ४२ प्रतिशत बढी रू. १४ अर्ब ५२ करोड ३६ लाख ८२ हजार कर्जा प्रवाह गरेको छ ।
यस वर्षको दोस्रो त्रैमासमा गतवर्षको भन्दा करीब ४० प्रतिशत बढी रू. १ अर्ब ७४ लाख ८६ हजार ब्याज आम्दानी गरेको बैंकले गतवर्षको भन्दा यस वर्ष ४३ प्रतिशत बढी रू. ५९ करोड ७५ लाख ५ हजार ब्याजमा खर्चिएको छ ।
कर्मचारी खर्च शीर्षकमा गत वर्षको भन्दा २८ प्रतिशत बढी रू. ६ करोड ७२ लाख ४६ हजार खर्चिएको बैंकले अन्य सञ्चालन खर्च शीर्षकमा रू. ६ करोड ५२ लाख ३८ हजार खर्चिएको छ । यो रकम गत वर्षको भन्दा ३३ प्रतिशत बढी हो ।
खराब कर्जा संकलन गत वर्षको भन्दा ९९ प्रतिशत कम भएको छ । गतवर्ष रू. १ करोड २६ लाख ६२ हजार खराब कर्जा संकलन गरेको बैंकले यस वर्ष रू. ८० हजार मात्र यो कर्जा उठाएको छ ।
पूँजीकोष लागत ८ दशमलव शून्य ४ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा शून्य दशमलव १७ प्रतिशत छ ।
बैंकको प्रतिशेयर आम्दानी रू. २४ दशमलव ५३, मूल्य आम्दानी अनुपात ९ दशमलव ७४ प्रतिशत, प्रतिशेयर कुल सम्पत्ति मूल्य रू. १ हजार १४१ दशमलव २२ र प्रतिशेयर नेटवर्थ रू. १३२ दशमलव ६९ छ । तरलता अनुपात २१ दशमलव ६७ प्रतिशत छ । बिहीवारको शेयरमूल्य रू. २ सय ४० कायम भएको छ ।
अर्निङ पावर रेशियो : ०.०१० गुणा
अर्निङ यिल्ड रेशियो : १०.२२ प्रतिशत
खरीद चाप : कम्पनीको बिहीवार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिसम्म ३ सय २ सय ७७ कित्ता शेयर खरीद गर्ने माग र १ हजार ४ सय ५१ कित्ता शेयर विक्री गर्ने माग थियो ।
निष्कर्ष
कम्पनीको ६१ दिनको कारोबारलाई लिएर गरिएको मैनबत्ती विश्लेषणको अन्तिम दिनमा ह्याम्मर आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बुलिश ट्रेन्डमा रिभर्स हुने संकेत गर्दछ । विश्वसनीयता भने सामान्य रहेको छ । आरएसआई न्युट्रल जोन ४८ दशमलव १७ विन्दुमा रहेको छ । खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । स्ट्यान्डर्ड डेभिएशन १ दशमलव ४६ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुने हँुदा प्रतिफल पनि कम रहन्छ । कम्पनीकोे मुभिङ एभरेज हेर्दा २६ दिने र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुवै औसत मूल्यभन्दा तल छ । पछिल्लो शेयरमूल्य रू. २ सय ४० देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. २ सय ४३ मा प्रतिरोध र सस्तिएमा रू. २ सय ३९ मा टेवा पाउने देखिन्छ ।