ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कामना सेवा विकास बैंक : कम्पनी विश्लेषण (आइतवार, २६ फागुन २०७५)

Mar 10, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. १३ करोड ८२ लाख नाफा आर्जन गरेको छ । कम्पनीको खुद ब्याज आम्दानी २२ प्रतिशत सञ्चालन मुनाफा १७ प्रतिशत र रू. २ करोड ८८ लाख खराब कर्जा संकलन गरेपछि नाफा बढ्न पुगेको हो । कम्पनीले आव २०७४ ७५ को समेत साधारणसभा गर्न बाँकी रहेको छ । कम्पनीले हालसम्म पनि साधारणसभाको कुनै सूचना दिएको छैन । कम्पनीले गतवर्ष ५ दशमलव ५० प्रतिशत बोनस शेयर र ६ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । कामना सेवा बैंक र सेवा विकास बैंक साउन २० गतेदेखि मर्ज भई एकीकृत कारोबार शुरू गरेका थिए । कम्पनीको आगामी योजना बैंकिङ सम्भावना रहेका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा २७ ओटा शाखा स्थापना गर्ने भएको छ । त्यसपछि कम्पनीको शाखा ९० पुग्नेछ । कम्पनीका शाखा काठमाडौं उपत्यकाभित्र ६ ओटाको स्वीकृत प्राप्त भई तीनओटा सञ्चालनमा आएका छन् भने बाँकी तीनओटा निर्माणको प्रक्रियामा छ । थप शाखा विस्तारका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको कम्पनीद्वारा प्रकाशित वित्तीय विवरणमा उल्लेख छ ।

कम्पनीकोे चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
  • कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. १७ अर्ब २७ करोड निक्षेप संकलन गरेको छ । कम्पनीले स्वर्णिम सुरक्षित खाता योजनामा १० प्रतिशतले ५ वर्षसम्मको निक्षेपमा ब्याजदर दिएको छ । कम्पनीले दोस्रो त्रैमाससम्म रू. १५ अर्ब ७४ करोड कर्जा प्रवाह गरेको छ ।
  • कम्पनीको कुल सम्पत्ति रू. २१ अर्ब ४६ करोड छ । यो सम्पत्ति गत आवको सोही अवधिको तुलनामा २३ प्रतिशत बढेको छ । कम्पनीको अन्य सम्पत्ति रू. ३७ करोड ७४ लाख बराबरको छ । कम्पनीको बैंक खातामा रू. ४३ करोड छ ।
  • गत आवको तुलनामा कम्पनीले ब्याज आम्दानी २५ प्रतिशत बढाएको छ । गत आवमा रू. ८७ करोड १० लाख आर्जन गरको ब्याज चालू आवको दोस्रो त्रैमाससम्म रू. १ अर्ब ८ करोड पुर्‍याएको छ । प्याज खर्च गतवर्षको तुलनामा २६ प्रतिशत बढेको छ । कम्पनीले रू. ७१ करोड १३ लाख ब्याज खर्च गरेको छ ।
  • कम्पनीले कर्मचारी खर्च गतवर्षको तुलनामा ५८ प्रतिशत बढाएको छ । कम्पनीले विभिन्न ठाउँमा शाखा बढाएपछि कर्मचारी खर्च बढ्न पुगेको हो । कम्पनीले अन्य सञ्चालन खर्च रू. ७ करोड ९९ लाख गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ११ दशमलव शून्य ५, प्रतिशेयर नेटवर्थ रू. १ सय ४२ दशमलव शून्य ९ रहेको छ । कम्पनीको पीई रेशियो ११ दशमलव २८ प्रतिशत र तरलता अनुपात २५ दशमलव ६५ प्रतिशत छ ।
  • अर्निङ पावर रेशियो : ०.००६ गुणा
  • अर्निङ यिल्ड रेशियो : ०.१८ प्रतिशत

निष्कर्ष कम्पनीको ६३ दिनको कारोबार अवधिको अन्तिम दिन पियर्सिङ आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बढेर रिभर्सल भएको देखाउँछ । यसले आगामी दिनमा ‘पर्ख र हेर’को अवस्था बुझाउँछ । सबैभन्दा न्यून पुगेको मूल्यभन्दा पनि कम मूल्यमा कारोबार शुरू भएको दिन यस्तो आकृति बन्ने गर्दछ । आरएसआई न्युट्रल जोन ५१ दशमलव २७ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १ दशमलव ३५ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । पछिल्लो शेयरमूल्य रू. १ सय ३५ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. १ सय ३८ मा प्रतिरोध पाउने र सस्तिएमा रू. १ सय ३२ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)