ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गण्डकी विकास बैंक : कम्पनी विश्लेषण (सोमवार, २७ फागुन २०७५)

Mar 11, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
कम्पनीले २०६४ मङ्सिर ५ गतेदेखि कारोबार शुरू गरेको हो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीले रू. २६ करोड ५२ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ५२ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा कम्पनीले रू. २० करोड ४५ लाख नाफा कमाएको थियो । चालू आवको पुस मसान्तसम्ममा कम्पनीले रू. ७९ लाख ३८ हजार खराब कर्जा उठाएकाले नाफामा वृद्धि भएको हो । कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ७५ करोड छ भने रिजर्भ कोषमा रू. ८८ करोड ३० लाख छुट्याएको छ । २०७४/७५ को मुनाफाबाट शेयरधनीलाई १४ दशमलव २० प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले पुस १० गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीको हकमा १४ दशमलव २० प्रतिशत नगद लाभांश बैंक खातामा पठाएको छ । हाल कम्पनीले ७७ ओटा शाखा कार्यालयबाट बैंकिङ सेवा सुविधा दिँदै आएको छ ।

कम्पनीको चालू आवको दोस्रोे त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
  • पुस मसान्तसम्ममा कम्पनीले रू. २६ अर्ब १९ करोड निक्षेप संकलन गरेको छ भने रू. २३ अर्ब ३८ करोड कर्जा प्रवाह भएको छ । गत आवको दोस्रो त्रैमासको तुलनामा निक्षेप ३१ प्रतिशत र कर्जा प्रवाह ३३ प्रतिशत बढी हो । कम्पनीको लगानी रू. ६१ करोड ३५ लाख छ ।
  • कम्पनीले रू. ५५ करोड ४२ लाख खुद ब्याज आम्दानी गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा २२ प्रतिशत बढी भएको हो । कर्मचारी खर्च ५२ प्रतिशत बढेर रू. १४ करोड ६३ लाख पुगेको छ । स्थिर सम्पत्ति ५२ प्रतिशत बढेर रू. ३८ करोड ९ लाख पुगेको छ भने अन्य सम्पत्ति २१ प्रतिशत घटेर रू. २५ करोड ६६ लाखमा सीमित भएको छ ।
  • सम्भावित जोखिमबापतको व्यवस्थामा रू. ३ करोड ८५ लाख छुट्याएको छ । सञ्चालन नाफा रू. ४० करोड ६१ लाख छ । निष्क्रिय कर्जा शून्य दशमलव ४१ प्रतिशत, पूँजीकोष लागत ९ दशमलव २२ प्रतिशत र पूँजीकोष पर्याप्तता १७ दशमलव ५० छ ।
  • दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी (वार्षिक) रू. १९ दशमलव २९, मूल्य आम्दानी अनुपात १० दशमलव ०१ गुणा, तरलता अनुपात २५ दशमलव १८ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १ सय ३२ दशमलव ११ छ । आइतवारको शेयरमूल्य रू. १ सय ८२ कायम भएको छ ।
  • अर्निङ पावर रेशियो : ०.००८ गुणा
  • अर्निङ यिल्ड रेशियो : १०.५९ प्रतिशत
  • खरीद चाप : कम्पनीको आइतवार १२ः४१ सम्म भएको शेयर कारोबारमा विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिसम्म १४ हजार ९ सय ८७ कित्ता शेयर खरीद गर्ने र २ हजार ४ सय २१ कित्ता शेयर विक्री गर्ने माग थियो ।

निष्कर्ष कम्पनीको ६४ दिनको कारोबारलाई लिएर गरिएको मैनबत्ती विश्लेषणको अन्तिम दिनमा ड्रागन लाई डोजी बियरिश आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बियरिश ट्रेन्डमा रिभर्स हुने संकेत गर्छ । विश्वसनीयता भने सामान्य छ । आरएसआई न्युट्रल जोन ५२ दशमलव ०४ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । स्ट्यान्डर्ड डेभिएशन २ दशमलव २४ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम रहन्छ । कम्पनीकोे मुभिङ एभरेजलाई हेर्दा २६ दिने र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य यी दुवै औसत मूल्यभन्दा माथि छ । पछिल्लो शेयरमूल्य रू. १ सय ८२ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ सय ९२ मा प्रतिरोध पाउने र सस्तिएमा रू. १ सय ७७ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)