ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तिनाउ विकास बैंक : कम्पनी विश्लेषण (सोमवार, २७ फागुन २०७५)

Mar 11, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
२०६३ कात्तिक १५ गतेदेखि करोबार शुरू गरेको तिनाउ विकास बैंकले चालू आव २०७५/७६ को दोस्रो त्रैमाससम्ममा रू. ४ करोड ७ लाख नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ३० प्रतिशत बढी हो । गत आवको दोस्रो त्रैमासमा कम्पनीले रू. ३ करोड ९९ लाख नाफा कमाएको थियो । चालू आवको पुस मसान्तसम्ममा कम्पनीले रू. ८२ लाख २४ हजार खराब कर्जा उठाएकाले र खुद ब्याज आम्दानी बढेकाले नाफामा वृद्धि भएको हो । कम्पनीको चुक्तापूँजी रू. ५० करोड ६९ लाख छ । २०७४/७५ को मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर वितरण गरेको छ । १२ प्रतिशत प्रतिशत बोनस शेयर वितरण गरेपछि कम्पनीको चुक्तापूँजी रू. ५६ करोड ७७ लाख पुगेको कम्पनीले वार्षिक प्रतिवेदनमा देखाएको छ । पुस मसान्तमा पनि कम्पनीले रूपन्देहीको मंगलापुर र कान्छीबजारमा दुईओटा शाखा सञ्चालनमा ल्याएको प्रमुख कार्यकारी अधिकृत प्रदीपकुमार श्रेष्ठले बताए । उनका अनुसार आगामी दिनमा क्षेत्रीय स्तरको विकास बैंकसँगै राष्ट्रिय स्तरको विकास बैंक बनाउने योजना छ ।

कम्पनीको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
  • पुस मसान्तसम्ममा कम्पनीले रू. ५ अर्ब १७ करोड निक्षेप संकलन गरेको छ भने रू. ४ अर्ब ४१ करोड कर्जा प्रवाह गरेको छ । गत आवको सोही अवधिको तुलनामा निक्षेप ६१ प्रतिशत र कर्जा प्रवाह २५ प्रतिशत बढी हो । कम्पनीको लगानी रू. १३ करोड ४३ लाख छ भने रिजर्भ कोषमा रू. १८ करोड ७६ लाख छुट्याएको छ ।
  • कम्पनीले रू. ९ करोड ६० लाख खुद ब्याज आम्दानी गरेको छ । कर्मचारी खर्च ४० प्रतिशत बढेर रू. १ करोड ९४ लाख पुगेको छ । अन्य सञ्चालन खर्च रू. १ करोड ९४ लाख छ ।
  • स्थिर सम्पत्ति ३० प्रतिशत बढेर रू. १९ करोड ९० लाख पुगेको छ भने अन्य सम्पत्ति १९ प्रतिशत बढेर रू. ९ करोड ३५ लाख पुगेको छ । कम्पनीले सम्भावित जोखिमबापतको व्यवस्थामा रू. १ करोड ६९ लाख छुट्याएको छ । पूँजीकोष लागत ९ दशमलव १३ प्रतिशत र पूँजीकोष पर्याप्तता १३ दशमलव ७६ प्रतिशत छ ।
  • दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी वार्षिक रू. १६ दशमलव ०८, मूल्य आम्दानी अनुपात ९ दशमलव ५२ प्रतिशत, प्रतिशेयर कुल सम्पत्ति मूल्य रू. १ हजार १ सय ९२ दशमलव ६३, तरलता अनुपात २३ दलशमलव ३२ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १ सय ३७ दशमलव ०२ छ । आइतवारको शेयरमूल्य रू. १ सय ५५ कायम भएको छ ।
  • अर्निङ पावर रेशियो : ०.००६ गुणा
  • अर्निङ यिल्ड रेशियो : .१०.३७ प्रतिशत
  • खरीद चाप : कम्पनीको आइतवार भएको १२ः४१ सम्मको शेयर कारोबारमा विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो समयसम्म ३ हजार ९ सय ५१ कित्ता शेयर खरीद गर्ने र १ सय १५ कित्ता शेयर विक्री गर्ने माग थियो ।

निष्कर्ष कम्पनीको ४४ दिनको कारोबारलाई लिएर गरिएको मैनबत्ती विश्लेषणको अन्तिम दिनमा कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत देखाउँछ । आरएसआई न्युट्रल जोन ६० दशमलव ६० विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा छ । स्ट्यान्डर्ड डेभिएशन ३ दशमलव १६ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम रहन्छ । कम्पनीकोे मुभिङ एभरेजलाई हेर्दा २६ दिने र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य यी दुवै औसत मूल्यभन्दा माथि छ । पछिल्लो शेयरमूल्य रू. १ सय ५५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ सय ६४ मा प्रतिरोध पाउने र सस्तिएमा रू. १ सय ४८ मा टेवा पाउने देखिन्छ । बिहीवार शेयरमूल्य अघिल्लो दिनको तुलनामा ३ अंक बढेर रू. १ सय ८२ मा बन्द भएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)