ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी : कम्पनी विश्लेषण (मंगलवार, २८ फागुन २०७५)

Mar 12, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि आकर्षक लाभांश वितरण गर्ने प्रस्ताव गरेको नेपाल लाइफ इन्स्योरेन्सको शेयर कारोबार बढेको छ । सोमवार सबैभन्दा बढी कारोबार गर्ने दश कम्पनीमध्ये पहिलो स्थानमा नेपाल लाइफ छ । कम्पनीले गतवर्षको मुनाफाबाट लगानीकर्ताहरूलाई २५ प्रतिशत बोनस शेयर र २३ दशमलव ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । फागुन १७ गतेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपश्चात् आगामी साधारणसभाले पारित गरेमा मात्र वितरणयोग्य हुनेछ । यस कम्पनीको चुक्तापूँजी जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा बढी रू. ३ अर्ब ९ करोड ५४ लाख २८ हजार रहेको छ । पुस मसान्तसम्मको विवरणअनुसार कम्पनीमा १० लाख ८० हजार २६६ बीमालेख कायम छ ।

कम्पनीको दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
  • चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले गतवर्षभन्दा ८२ दशमलव ६९ प्रतिशत नाफा बढाएको छ । कम्पनीले यस वर्ष रू. २७ करोड ९६ लाख ८० हजार खुद नाफा आर्जन गरेको हो । कम्पनीको जगेडा कोष रकम गतवर्षको भन्दा यस वर्ष १२ गुणा बढेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको जगेडा कोष रकम रू. ५ अर्ब २ करोड ९४ लाख २६ हजार छ ।
  • गतवर्षभन्दा यस वर्ष ४६ प्रतिशत बढी रू. ७ अर्ब २२ करोड ५१ लाख ७४ हजार कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले यस वर्ष गतवर्षभन्दा ७६ प्रतिशत बढी रू. ५१ करोड ६५ लाख २२ हजार आम्दानी गरेको छ ।
  • बीमितहरूका लागि बीमा सेवाबाहेक बीमालेख धितोमा कर्जाको सुविधासमेत कम्पनीले उपलब्ध गराएको छ । गतवर्ष रू. ४ अर्ब ८२ करोड ५० लाख ४९ हजार बीमालेख धितोमा कर्जा प्रदान गरेको कम्पनीले यस वर्ष रू. ७ अर्ब १८ करोड ४ लाख ४१ हजार यो कर्जा प्रदान गरेको छ ।
  • कम्पनीको खुद चालू सम्पत्ति करीब ९३ प्रतिशत बढी छ । गतवर्ष रू. १४ अर्ब ५४ करोड १२ लाख ७३ हजार रहेको खुद चालू सम्पत्ति यस वर्षको दोस्रो त्रैमासमा रू. २८ अर्ब ३ करोड ९३ लाख ४३ हजार पुगेको छ ।
  • कम्पनीले गतवर्षभन्दा ८९ प्रतिशत बढी रू. २ अर्ब ३५ करोड २४ लाख ६५ हजार दाबी भुक्तानी गरेको छ । १८ हजार ३६८ जनालाई उक्त रकम दाबी भुक्तानी गरिएको हो ।
  • दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी रू. १८ दशमलव ०६, मूल्य आम्दानी अनुपात ९८ दशमलव ८७, प्रतिशेयर नेटवर्थ रू. २ सय ७२ दशमलव ९३ र प्रतिशेयर कुल सम्पत्तिको मूल्य रू. १ हजार ७४७ छ ।
  • अर्निङ पावर रेशियो : ०.००५ गुणा
  • अर्निङ यिल्ड रेशियो : १.६१ प्रतिशत
  • खरीद चाप : कम्पनीको सोमवार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिसम्म ८ हजार ४५७ कित्ता शेयर खरीद र ७ हजार ६०३ कित्ता शेयर विक्री गर्ने माग थियो ।

निष्कर्ष कम्पनीको ६४ दिनको कारोबार अवधिमा अन्तिम दिन सामान्य डोजी आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने अथवा घट्ने कुनै निश्चित संकेत गर्दैन । आरएसआई न्युट्रल जोन ६८ दशमलव ८० विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनामा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २४ दशमलव ८८ विन्दुमा छ । उतारचढाव मध्यम छ । कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग जोडिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । पछिल्लो शेयरमूल्य रू. १ हजार ११६ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ हजार १२० मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १ हजारमा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)