ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लुम्बिनी जनरल इन्स्योरेन्स : कम्पनी विश्लेषण (बुधवार, २९ फागुन २०७५)

Mar 13, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड कम्पनी ऐनबमोजिम स्थापना भई बीमा ऐन २०४९ बमोजिम सञ्चालित निर्जीवन बीमा कम्पनी हो । २०६१ साल पुस ९ गते कम्पनी रजिस्टर्ड कार्यालयमा दर्ता भई २०६२ साल साउन २ गतेदेखि व्यवसाय शुरू गरेको कम्पनीले आव ०७५/७६ को दोस्रो त्रैमासम्ममा रू. ७ करोड ६७ लाख नाफा कमाएको छ । यो गत आवको दोस्रो त्रैमासको तुलनामा १८ प्रतिशत कम हो । चालू आवको पुस मसान्तसम्ममा आम्दानी घटेकाले नाफा घटेको हो । कम्पनीले रिजर्भ कोषमा रू. १७ करोड ९२ लाख छुट्याएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा १ सय २२ प्रतिशत बढी हो । बीमा कोषमा रू. ४७ करोड ५८ लाख जम्मा भएको छ । कम्पनीको चुक्तापूँजी रू. ८८ करोड छ । बीमा समितिले तोकेको चुक्ता अझै पुगेको छैन । निर्जीवन बीमा कम्पनीले पूँजी रू. १ अर्ब पु¥याउनुपर्ने हुन्छ । अपुग रकम बोनस शेयर जारी गरेर पुर्‍याउने कम्पनीको भनाइ छ ।

कम्पनीले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
  • पुस मसान्तसम्ममा कम्पनीले कुल रू. ६१ करोड ३ लाख बीमा शुल्क आर्जन गरेको छ । यो गत आवको सोेही अवधिको तुलनामा ६ प्रतिशत बढी हो । जारी बीमालेखको संख्या ६५ हजार ६ सय २६ र नवीकरण गरिएको बीमालेखको संख्या १० हजार ६ सय १९ छ ।
  • कम्पनीले २ हजार २ सय ९ जनालाई रू. ६१ करोड ६७ लाख दाबी भुक्तानी गरेको छ भने २ हजार ६ सय २० जनालाई रू. ६१ करोड ६७ लाख दाबी भुक्तानी गर्न बाँकी छ । कम्पनीले पुस मसान्तसम्ममा पुनर्बीमा कमिशनबाट रू. ५ करोड ८८ लाख आम्दानी गरेको छ ।
  • महाविपत्ति कोषमा रू. ४ करोड ३४ लाख छुट्याएको छ । दीर्घकालीन लगानी तथा कर्जा रू. १८ करोड ७५ लाख छ । यो कर्जा गत आवको सोही अवधिको तुलनामा ३८ प्रतिशत बढी हो । पुस मसान्तसम्ममा आम्दानी रू. १३ करोड ११ लाख पुगेको छ भने रू. ५ करोड ४४ लाख खर्च भएको छ ।
  • कम्पनीले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी रू. १९ दशमलव ३७, मूल्य आम्दानी अनुपात रू. ३० दशमलव ९३ र प्रतिशेयर नेटवर्थ रू. १ सय ५४ दशमलव ६८ छ । मंगलवारको शेयरमूल्य रू. ५ सय २० कायम भएको छ ।
  • अर्निङ पावर रेशियो : ०.०४ गुणा
  • अर्निङ यिल्ड रेशियो : ३.७२ प्रतिशत
  • डिभिडेन्ड यिल्ड रेशियो : २ .४६ प्रतिशत

निष्कर्ष कम्पनीको ६३ दिनको कारोबार अवधिको अन्तिम दिनमा लङलेग्ड डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने अथवा बढ्ने कुनै पनि निश्चित संकेत देखाउँदैन । आरएसआई न्युट्रल जोन ५४ दशमलव ८१ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनामा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ८ दशमलव २७ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । पछिल्लो शेयरमूल्य रू. ५ सय २० देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ५ सय ४७ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ५ सय मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)