ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एनसीसी बैंक : कम्पनी विश्लेषण (बिहीवार, ३० फागुन २०७५)

Mar 14, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
नेपाल राष्ट्र बैंकले तोके बमोजिम ८ अर्ब चुक्तापूँजी पुर्‍याउन मर्जर र हकप्रदको बाटो रोजेको नेपाल क्रेडिट एन्ड कमर्श बैंक लिमिटेडको दोस्रो त्रैमासको वित्तीय विवरण हेर्दा रू. ७ अर्ब १ करोड ८५ लाख ५९ हजार मात्र छ । एपेक्स डेभलपमेण्ट बैंक लिमिटेड, इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट बैंक लिमिटेड, सुप्रिम डेभलपमेण्ट बैंक लिमिटेड र इन्टरनेशनल डेभलपमेण्ट बैंक लिमिटडेसँग २०७३ पुस १७ गतेदेखि एकीकृत कारोबार गरको बैंकले त्यसपछि ५० प्रतिशत हकप्रदबाट हालको चुक्तापूँजी कायम गरेको हो । मर्जरमा सहभागी बैंकको शेयर आदान प्रदान अनुपातको आधारमा फरक भए बमोजिमको पूँजी कोषमा लेखांकन गरिएको पूँजीलाई समेट्दा तोक बमोजिमको चुक्तापूँजी पुग्ने बैंकको भनाइ छ । यस्तो पूँजी रू. ९८ करोड ६० लाख रहेको बैंकको भनाइ छ । बैंकको १९औं वार्षिक साधारणसभाको प्रतिवेदनमा आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट शेयरधनीको लगानीमा २० प्रतिशतसम्मको प्रतिफल दिने लक्ष्य उल्लेख छ । बैंकको चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा वितरणयोग्य नाफा रू. ६४ करोड ३९ लाख ७१ हजार छ ।

कम्पनीको चालू आवको दास्रो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
  • बैंकको जगेडा कोष रकम १० प्रतिशत बढेको छ । गतवर्षको दोस्रो त्रैमासमा रू. ३ अर्ब ७६ करोड ९१ लाख १ हजार रहेको जगेडा कोष रकम यस वर्ष सोही अवधिमा रू. ४ अर्ब १७ करोड ९३ लाख ३ हजार छ ।
  • यस वर्ष गतवर्षको भन्दा ९ प्रतिशत बढी रू. ६४ अर्ब ७१ करोड ७३ लाख ८७ हजार निक्षेप संकलन गरेको बैंकले गत वर्षको भन्दा करीब १७ प्रतिशत बढी रू. ५८ अर्ब ४४ करोड २३ लाख ७७ हजार कर्जा प्रवाह गरेको छ ।
  • कुल सम्पत्तिमा करीब १३ प्रतिशत वृद्धि देखिएको छ । गतवर्ष रू. ७० अर्ब ८ करोड २६ लाख ८९ हजार रहेको कुल सम्पत्ति यस वर्ष रू. ७९ अर्ब १ करोड ६७ हजार छ ।
  • यस वर्ष रू. ३ अर्ब ८९ करोड १२ लाख ८० हजार ब्याज आम्दानी गरेको बैंकले रू. २ अर्ब ४२ करोड ५८ लाख ३९ हजार ब्याजमा खर्चिएको छ । ब्याज आम्दानी गत वर्षको भन्दा २२ प्रतिशत बढी र ब्याज खर्चमा ३ प्रतिशत कमी आएको छ ।
  • कुल सञ्चालन आम्दानी १५ प्रतिशत बढी रू. २४ करोड ९३ लाख २१ हजार गरेको बैंकले कर्मचारी खर्च शीर्षकमा रू. ५५ करोड १७ लाख ७३ हजार खर्च गरेको छ ।
  • निष्क्रिय कर्जा ३ दशमलव ५३ प्रतिशत कायम गरेको बैंकको पूँजीकोष लागत ७ दशमलव ९५ छ ।
  • दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको प्रतिशेयर आम्दानी रू. २१ दशमलव १२, मूल्य आम्दानी अनुपात १० दशमलव ३२ गुणा, प्रतिशेयर नेटवर्थ रू. १ सय ५९ दशमलव ५५ र तरलता अनुपात २४ दशमलव ६१ प्रतिशत छ ।
  • डिभिडेन्ड यिल्ड रेशियो : ७.४७ प्रतिशत
  • अर्निङ पावर रेशियो : ०.०१३ गुणा
  • अर्निङ यिल्ड रेशियो : ९.७७ प्रतिशत
  • विक्री चाप : कम्पनीको बुधवार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा खरीद चापको तुलनामा विक्री चाप बढी रहेको छ । यस अवधिसम्म ५१ हजार २५६ कित्ता शेयर विक्री र ४८ हजार २३८ कित्ता शेयर खरीद गर्ने माग थियो ।

निष्कर्ष कम्पनीको ६५ दिनको कारोबार अवधिको अन्तिम दिन इन्गल्फिङ बियरिस मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बियरिस ट्रेन्डमा रिभर्स हुने संकेत गर्दछ । आरएसआई न्यूट्रल जोन ५५ दशमलव ७५ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनामा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २ दशमलव ८० विन्दुमा छ । उतारचढाव न्यून रहेको छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै गरी कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य यी दुई रेखा भन्दा माथि छ । पछिल्लो शेयरमूल्य रू. २ सय १३ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. २ सय १७ मा प्रतिरोध पाउने र सस्तिएमा रू. २ सय ९ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)