ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नबिल बैंक लिमिटेड : कम्पनी विश्लेषण (बिहीवार, ३० फागुन २०७५)

Mar 14, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
निजीक्षेत्रको पहिलो बैंकको रूपमा स्थापित नबिल बैंकले गतवर्षको वार्षिक साधारणसभा फागुन २७ गते सम्पन्न गरेको छ । गतवर्षको मुनाफाबाट शेयरधनी लगानीकर्ताका लागि १२ प्रतिशत बोनस र २२ प्रतिशत नगद गरी ३४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस वितरणपछि बैंकको चुक्तापूँजी रू. ९ अर्ब ८४ लाख ८ हजार पुग्नेछ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय अवस्थालाई आधार मान्दा बैंकको वितरण योग्य नाफा रू. २ अर्ब ४ करोड ५० लाख ४८ हजार छ । हाल एक केन्द्रीय कार्यालयसहित ७४ ओटा शाखा कार्यालय र ११६ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । समीक्षा वर्षमा २२ ओटा नयाँ शाखा थप गरेको बैंकले यस मध्य १२ ओटा शाख गाउँपालिकामा अवस्थित रहेको जानकारी दिएको छ । समीक्षा वर्षमै काठमाडौं, ललितपुर र भुक्तपुरभित्रका विभिन्न पाँच स्थानमा नयाँ शाखा खोल्ने योजनासमेत बैंकको छ ।

कम्पनीको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
  • बैंकले यस वर्षको दोस्रो त्रैमासमा रू. २ अर्ब १७ करोड ६८ लाख ६२ हजार खुद नाफा गरेको छ । यो नाफा गतवर्षभन्दा करीब ४२ प्रतिशत बढी हो । गतवर्षको यस अवधिमा रू. १ अर्ब ८३ करोड ७७ लाख ८४ हजार खुद नाफा गरेको थियो ।
  • बैंकको जगेडा कोष रकम गतवर्षको दोस्रो त्रैमासको तुलनामा यस वर्ष ८४ दशमलव ८९ प्रतिशत वृद्धि भएको छ । गतवर्षको दोस्रो त्रैमासमा रू. ७ अर्ब ८५ करोड ५३ लाख २८ हजार रहेको जगेडा कोष रकम यस वर्ष रू. १४ अर्ब ५२ करोड ३७ लाख ५३ हजार रहेको छ ।
  • गत वर्षभन्दा यस वर्ष २३ प्रतिशत बढी रू. १ खर्ब ४९ अर्ब ३८ करोड २० लाख ११ हजार निक्षेप संकलन गरेको बैंकले गत वर्षभन्दा करीब २७ प्रतिशत बढी रू. १ खर्ब ३० अर्ब ७१ करोड ६ लाख ७५ हजार कर्जा प्रवाह गरेको छ ।
  • बैंकको कुल सम्पत्तिमा पनि २२ दशमलव ६२ प्रतिशत वृद्धि भई रू. १ खर्ब ७७ अर्ब ६७ करोड १५ लाख ६३ हजार पुगेको छ ।
  • यस वर्ष गत वर्षभन्दा ४० प्रतिशत बढी रू. ७ अर्ब ३२ करोड ५० लाख ६५ हजार ब्याज आम्दानी गरेको बैंकले ६२ प्रतिशत बढी रू. ३ अर्ब ७१ करोड ३७ लाख १० हजार ब्याजमा खर्चिएको छ ।
  • कुल सञ्चालन नाफा गत वर्षभन्दा २८ प्रतिशत बढी रू. ४ अर्ब ६९ करोड ६६ लाख ८८ हजार गरेको छ । भने कर्मचारी खर्च शीर्षकमा गत वर्षभन्दा साढे २३ प्रतिशत बढी रू. ९४ करोड ६० लाख ९९ हजार खर्चिएको छ ।
  • निष्क्रिय कर्जा शून्य दशमलव ६२ प्रतिशत कायम गरेको बैंकको पूँजीकोष लागत ५ दशमलव ९२ प्रतिशत छ ।
  • बैंकको प्रतिशेयर आम्दानी रू. ५४ दशमलव २८, मूल्य आम्दानी अनुपात १५ दशमलव ४० गुणा, प्रतिशेयर नेटवर्थ रू. २ सय ८० दशमलव ५७ र तरलता अनुपात २३ दशमलव ३६ प्रतिशत छ ।
  • अर्निङ पावर रेशियो : ०.०१७ गुणा
  • अर्निङ यिल्ड रेशियो : ७.५९ प्रतिशत
  • खरीद चाप : कम्पनीकोे बुधबार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा खरीद चापको तुलनामा विक्री चाप बढी रहेको छ । यस अवधिसम्म ३ हजार ४१७ कित्ता शेयर खरीद र १२६० कित्ता शेयर विक्री गर्ने माग थियो ।

निष्कर्ष कम्पनीको ६४ दिनको कारोबार अवधिमा अन्तिम दिन सुटिङ स्टार आकृति बनेको छ । यस्तो आकृतिले शेयरमूल्य बियरिस ट्रेन्डमा रिभर्सल हुने संकेत गर्दछ । आरएसआई न्यूट्रल जोन ३४ दशमलव ६५ विन्दुमा छ । यसले खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । त्यस्तै स्ट्यान्डर्ड डेभिएसन १३ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकआपसमा टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । पछिल्लो शेयरमूल्य रू. ७ सय १५ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. ७ सय २० मा प्रतिरोध र ६ सय ८७ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)