ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आईएमई जनरल इन्स्योरेन्स : कम्पनी विश्लेषण (शुक्रवार, १ चैत २०७५)

Mar 15, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
आईएमई जनरल इन्स्योरेन्स कम्पनी २०५७ माघ १९ गतेदेखि सञ्चानमा आएको हो । यसअघि कम्पनीले एनबी इन्स्योरेन्स कम्पनीको नामबाट कारोबार गर्दै आएको थियो । कम्पनीको २०औं वार्षिक साधारणसभाबाट नाम परिवर्तन भएको हो । कम्पनीले पूँजीवृद्धिका लागि १० बराबर ८ अनुपातमा हकप्रद शेयर जारी गरिसकेको छ । ४ लाख ३२ हजार कित्ता हकप्रद शेयर जारी गरेको हो । उक्त हकप्रद शेयर निष्कासनमा विक्री नभएको १ लाख ७ सय ६६ कित्ता सर्वसाधारण समूहको र १ हजार ५ सय ९८ कित्ता संस्थापक समूहको शेयर फागुन २२ गतेदेखि ३० गतेसम्मका लागि लीलाम विक्री खुला गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ५४ करोड छ । शेयर बाँडफाँट गरेपछि कम्पनीको चुक्तापूँजी रू. ९७ करोड २० लाख पुग्नेछ । बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्तापूँजी रू. १ अर्ब पुर्‍याउन निर्देशन दिएको हो । सोहीअनुसार कम्पनीले अपुग रकम बोनस शेयर जारी गरेर पु¥याउनुपर्ने हुन्छ । चालू आवको पुस मसान्तसम्ममा कम्पनीले रू. ५ करोड ८५ लाख नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा २१ प्रतिशत बढी हो । कम्पनीले रू. १० करोड १२ लाख आम्दानी गर्न सफल भएकाले नाफा बढेको हो । कम्पनीले ४६ ओटा शाखा कार्यालयबाट बीमा सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
  • चालू आवको पुस मसान्तसम्ममा कम्पनीले रू. ६० करोड ४९ लाख बीमाशुल्क आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ४३ प्रतिशत बढी हो । कम्पनीको जारी बीमालेखको संख्या ४१ हजार १ सय ५२ र नवीकरण गरिएको बीमालेखको संख्या ५ हजार ४५ छ ।
  • रिजर्भ कोषको रकम २६ प्रतिशत बढेर रू. १४ करोड ५५ लाख पुगेको छ भने बीमा कोषमा रू. २० करोड ७२ लाख जम्मा भएको छ । पुनर्बीमा कमिशनबाट रू. ७ करोड ५ लाख आम्दानी गरेको छ ।
  • कम्पनीले १ हजार २ सय ३० जनालाई रू. १६ करोड ७५ लाख दाबी भुक्तानी गरेको छ भने १ हजार ७ सय ३ जनालाई रू. २५ करोड १२ लाख दाबी भुक्तानी गर्न बाँकी छ । कम्पनीले रू. १० करोड १२ लाख आम्दानी गर्दा रू. ४ करोड २६ लाख खर्च भएको छ ।
  • दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी (वार्षिक) रू. २१ दशमलव ६९, मूल्य आम्दानी अनुपात २० दशमलव ८४, प्रतिशेयर कुल सम्पत्तिको मूल्य रू. ३ सय ६ दशमलव ४४ र प्रतिशेयर नेटवर्थ रू. १ सय ६५ दशमलव ३४ छ । बिहीवारको शेयरमूल्य रू. ४ सय १८ कायम भएको छ ।
  • अर्निङ पावर रेशियो : ०.०६५ गुणा
  • अर्निङ यिल्ड रेशियो : .५.१८ प्रतिशत
  • खरीद चाप : कम्पनीको बिहीवार भएको शेयर कारोबारमा विक्रीचापको तुलनामा खरीद चाप बढी छ । उक्त समयसम्ममा ६ हजार ४ सय ९० कित्ता शेयर खरीद गर्ने र ३ सय कित्ता शेयर विक्री गर्ने माग थियो ।

निष्कर्ष कम्पनीको ५६ दिनको कारोबार अवधिको अन्तिम दिनमा क्लोजिङ सेतो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४९ दशमलव ५४ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनामा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ४ दशमलव ४९ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाको बीचमा छ । बिहीवारको शेयरमूल्य रू. ४ सय १८ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ४ सय ५० मा प्रतिरोध पाउने र सस्तिएमा रू. ३ सय ९३ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)