ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रभु इन्स्योरेन्स : कम्पनी विश्लेषण (शुक्रवार, १ चैत २०७५)

Mar 15, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
प्रभु इन्स्योरेन्स प्रभु ग्रूप, कर्मचारी सञ्चय कोष र नेपाल सरकारका उद्यमीहरूद्वारा सञ्चालित कम्पनी हो । चालू आव २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार कम्पनीले रू. ४ करोड ४४ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ३५ प्रतिशत बढी हो । गत आवको दोस्रो त्रैमासमा कम्पनीले रू. ३ करोड २९ लाख नाफा कमाएको थियो । पुस मसान्तसम्ममा कम्पनीले रू. ८ करोडभन्दा बढी आम्दानी गर्न सफल भएकाले नाफा बढेको हो । कम्पनीको चुक्तापूँजी रू. १ अर्ब पुगेको छ भने रिजर्भ कोषमा रू. १९ करोड ६३ लाख छुट्याएको छ । रिजर्भ कोषको रकम गत आवको सोही अवधिको तुलनामा २ सय ८७ प्रतिशत बढी हो । बीमा कोषमा रू. ४६ करोड ५१ लाख जम्मा भएको छ । कम्पनीले ३६ ओटा शाखा कार्यालयबाट बीमा सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीले सार्वजनिक गरेको चालू आवको दोस्रोे त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
  • चालू आवको पुस मसान्तसम्ममा कम्पनीले रू. ४९ करोड ४५ लाख बीमा शुल्क आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा १६ प्रतिशत बढी हो । कम्पनीले महाविपत्ति जगेडा कोषमा रू. ६ करोड ७० लाख छुट्याएको छ ।
  • पुनर्बीमा कमिशनबाट रू. ६ करोड ३ लाख आम्दानी गरेको छ । जारी बीमालेखको संख्या ३६ हजार ४ सय ९६ र नवीकरण गरिएको बीमालेखको संख्या १८ हजार ९ सय ३६ छ । कम्पनीले १ हजार ३१ जनालाई रू. १९ करोड ४४ लाख कुल दाबी भुक्तानी गरेको छ भने ७ सय ८० जनालाई रू. १२ करोड २ लाख दाबी भुक्तानी गर्न बाँकी छ ।
  • कम्पनीले रू. ८ करोड आम्दानी गर्दा रू. ३ करोड ५६ लाख खर्च भएको छ । दीर्घकालीन लगानी तथा कर्जा रू. ३६ करोड ४४ लाख छ । कुल सम्पत्ति ५१ प्रतिशत बढेर रू. १ अर्ब ७३ करोड छ ।
  • कम्पनीले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी रू. ४, मूल्य आम्दानी अनुपात रू. १ सय १, प्रतिशेयर कुल सम्पत्तिको मूल्य रू. २ सय ४१, तरलता अनुपात २ दशमलव ८६ र प्रतिशेयर नेटवर्थ रू. १ सय ६६ छ । बिहीवार कम्पनीको शेयरमूल्य रू. ४ सय २४ कायम भएको छ ।
  • डिभिडेन्ड यिल्ड रेशियो : २.१६ प्रतिशत
  • अर्निङ यिल्ड रेशियो : ०.९४ प्रतिशत
  • अर्निङ पावर रेशियो : ०.०२५ गुणा
  • खरीद चाप : कम्पनीको बिहीवारको शेयर कारोबारको अन्तिम समयमा विक्रीचापको तुलनामा खरीद चाप बढी छ । सो अवधिमा १३ हजार १ सय कित्ता शेयर खरीद गर्ने र २ हजार १ सय ५० कित्ता शेयर विक्री गर्ने माग थियो ।

निष्कर्ष कम्पनीको ६३ दिनको कारोबार अवधिको अन्तिम दिनमा सानो टुप्पी भएको सेता मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले आगामी दिनमा शेयरमूल्य बढ्ने सम्भावना देखाउँछ । आरएसआई न्युट्रल जोन ५३ दशमलव ३६ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३ दशमलव ४८ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । यी दुई रेखाभन्दा हालको मूल्य माथि छ । बिहीवारकोे शेयरमूल्य रू. ४ सय २४ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ४ सय २६ मा प्रतिरोध र मूल्य सस्तिएमा रू. ४ सय १५ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)