सहयोगी विकास बैंक : कम्पनी विश्लेशण (आइतवार, ३ चैत २०७५)
Mar 17, 2019
 
लगानी
कम्पनी विश्लेषण
कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. ५ करोड ४ लाख नाफा कमाएको छ । गत आवमा रू. ४ करोड ३८ लाख नाफा कमाएको थियो । गत आवको तुलनामा नाफा १५ प्रतिशत बढेको हो । कम्पनीले सञ्चालन मुनाफा ४२ प्रतिशत र रू. २ करोड ४३ लाख खराब कर्जा संकलन गरेपछि नाफा बढ्न पुगेको हो । कम्पनीले १५औं वार्षिक साधारणसभा फागुन २५ गते सम्पन्न गरेको छ । सम्पन्न सभाले १७ प्रतिशत नगद लाभांश पारित गरेको छ । आगामी दिनमा पनि गुणस्तरीय सेवा वृद्धि गर्दै ग्राहकको चाहना बमोजिम आधुनिक बैंकिङ सेवा तथा सुविधा उपलब्ध गराउने लक्ष्य कम्पनीको छ । हाल कम्पनीले तीन जिल्लामा ११ शाखा कार्यालय मार्फत सेवा दिँदै आएको छ । आगामी दिनमा शाखा बढाउँदै जाने योजना कम्पनीको छ ।
कम्पनीको गत आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दा :
कम्पनीको दोस्रो त्रैमासमा चुक्तापूँजी रू. ५० करोड ९६ लाख पुगेको छ । कम्पनीले जगेडा कोषमा रू. २६ करोड ५२ लाख जम्मा गरेको छ ।
कम्पनीले दोस्रो त्रैमासमा रू. २५ करोड ९७ लाख ब्याज आम्दानी गरेको छ । कम्पनीले गत आवको तुलनामा ब्याज आम्दानी ९ दशमलव ९७ प्रतिशत बढाएको छ । कम्पनीले रू. १५ करोड ६३ लाख ब्याज खर्च गरेको छ । कम्पनीले गत आवको तुलनामा ब्याज खर्च १७ दशमलव ८७ प्रतिशत बढाएको छ ।
दोस्रो त्रैमासमा कम्पनीले कर्मचारी खर्च रू. २ करोड गरेको छ । गत आवमा रू. १ करोड ७१ लाख गरेको थियो । कम्पनीले अन्य सञ्चालन खर्च १ करोड ९१ लाख गरेको छ । सञ्चालन बापत रू. १३ करोड १८ लाख आम्दानी गरेको छ ।
कम्पनीको दोस्रो त्रैमाससम्म कुल सम्पत्ति रू. ५ अर्ब १६ लाख बराबर रहेको छ । यस्तो सम्पत्ति गत आवको तुलनामा २४ प्रतिशत बढेको छ । कम्पनीको अन्य सम्पत्ति रू. ५ करोड ८३ लाख बराबरको रहेको छ । कम्पनीको पूँजीकोष पर्याप्तता रू. ३ करोड ७९ लाख छ ।
कम्पनीको प्रतिशेयर आम्दानी रू. १९ दशमलव ८१ रहेको छ । मूल्य आम्दानी अनुपात १० दशमलव ३० प्रतिशत, तरलता अनुपात ३१ दशमलव २३ छ भने प्रतिशेयर नेटवर्थ रू. १ सय ५२ दशमलव ४ शून्य ५ रहेको छ ।
अर्निङ पावर रेशियो : ०.००९ गुणा
अर्निङ यिल्ड रेशियो : १०.६५ प्रतिशत
खरीद चाप : बैंकको बिहीवार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा खरीद चाप देखिएको छ । सो दिन २ हजार ४ सय ९० सय कित्ता खरीदका लागि र १ हजार १९२ कित्ता विक्रीका लागि माग आएको थियो ।
निष्कर्ष
कम्पनीको ५८ दिनको कारोबार अवधिको अन्तिम दिनमा फोर प्राइस डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य ‘पर्ख र हेर’को अवस्थामा रहेको देखाउँछ । आरएसआई न्यूट्रल जोन ४० दशमलव ८६ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १ दशमलव ८९ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । बिहीवारको शेयरमूल्य रू. १ सय ८६ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. १ सय ९२ मा प्रतिरोध र सस्तिएमा रू. १ सय ८० मा टेवा पाउने देखिन्छ ।