ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भार्गव विकास बैंक लिमिटेड : कम्पनी विश्लेशण (आइतवार, ३ चैत २०७५)

Mar 17, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
चालू आवको दोस्रो त्रैमासमा कम्पनीले रू. ३ करोड ३१ लाख नाफा कमाएको छ । कम्पनीले गत आवको सोही अवधिमा रू. १ करोड २२ लाख नाफा कमाएको थियो । गत आवको तुलनामा चालू आवमा नाफा ५७ प्रतिशत बढेको हो । कम्पनीको खुद ब्याज आम्दानी गत आवको तुलनामा ९६ प्रतिशत र सञ्चालन मुनाफा २ गुणा बढेपछि नाफा बढ्न पुगेको हो । कम्पनीको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले २०७४ ७५ को लागि ६ प्रतिशत नगद लाभांश पस्ताव गरेको छ । कम्पनीले सो लाभांश नेपाल राष्ट्र बैंकबाट र आगामी साधारणसभा सभाबाट पारित भएपछि वितरण गर्ने सूचना दिएको थियो । तर कम्पनीले हालसम्म पनि साधारणसभाका लागि कुनै सूचना दिएको छैन । बैंकको भावी योजनामा कर्मचारी दक्षता अभिवृद्धिका लागि तालीम तथा प्रशिक्षणको व्यवस्था गर्ने, व्यवसाय विस्तारका लागि शाखा थप्ने र व्यवसायमा विविधीकरण गर्ने योजना लिएको छ ।

बैंकले सार्वजनिक गरेको दोस्रोे त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
  • कम्पनीको दोस्रो त्रैमास चुक्तापूँजी रू. ५० करोड १६ लाख पुगेको छ । गत आवमा रू. २६ करोड ४० लाख चुक्तापूँजी थियो । कम्पनीले जगेडा कोषमा रू. १२ करोड २५ लाख जम्मा गरेको छ ।
  • कम्पनीले दोस्रो त्रैमासमा रू. २० करोड ७५ लाख ब्याज आम्दानी गरेको छ । कम्पनीले गत आवको तुलनामा ब्याज आम्दानी ४७ प्रतिशत बढाएको छ । कम्पनीले रू. १२ करोड ५२ लाख ब्याज खर्च गरेको छ । कम्पनीले गत आवको तुलनामा ब्याज खर्च २७ प्रतिशत बढाएको छ । ब्याज आम्दानीभन्दा खर्च कम भएकाले कम्पनीको खुद ब्याज आम्दानी ९६ प्रतिशत बढ्न पुगेको हो ।
  • दोस्रो त्रैमासमा कम्पनीले कर्मचारी खर्च रू. २ करोड १८ लाख गरेको छ । गत आवमा रू. १ करोड ६४ लाख गरेको थियो । कम्पनीले अन्य सञ्चालन खर्च १ करोड ९८ लाख गरेको छ । सञ्चालन बापत जम्मा रू. ९ करोड ९६ लाख आम्दानी गरेको छ ।
  • कम्पनीको दोस्रो त्रैमाससम्म कुल सम्पत्ति रू. ३ अर्ब ९५ लाख बराबर छ । यस्तो सम्पत्ति गत आवको तुलनामा ३२ प्रतिशत बढेको छ । कम्पनीको अन्य सम्पत्ति रू. ८ करोड ६८ लाख बराबरको छ । कम्पनीको पूँजीकोष पर्याप्तता रू. ५३ लाख ६ हजार रहेको छ ।
  • कम्पनीको प्रतिशेयर आम्दानी रू. १३ दशमलव २२ रहेको छ । मूल्य आम्दानी अनुपात १० दशमलव ५५ प्रतिशत, तरलता अनुपात २८ दशमलव ८३ छ भने प्रतिशेयर नेटवर्थ रू. १ सय २४ दशमलव ४४ रहेको छ ।
  • डिभिडेन्ड यिल्ड रेशियो : ४.१६
  • अर्निङ पावर रेशियो : ०.००८ गुणा
  • अर्निङ यिल्ड रेशियो : ९.१८ प्रतिशत
  • खरीद चाप : बैंकको बिहीवार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा खरीद चाप देखिएको छ । यस दिन ३ हजार ६ सय कित्ता खरीद र १ हजार ३० कित्ता विक्रीका लागि माग आएको थियो ।

निष्कर्ष कम्पनीको ५८ दिनको कारोबारमा अन्तिम दिन सेतो ओपनिङ मारुबोजु भएको मैनबत्ती बनेको छ । यस आकृतिले कम्पनीको शेयर मूल्य आगामी दिन बढ्ने संकेत देखाँउछ । आरएसआई न्यूट्रल जोन अर्थात् ५३ दशमलव ५१ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सामन्य रहेको देखाँउछ । स्ट्यान्डर्ड डेभिएशन १ दशमलव ८५ विन्दुरमा छ । उतारचढाव न्युन रहेको छ । बैंकको मुभिङ एभरेज हेर्दा २६ दिने र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य यी दुवै औसत मूल्यरेखाभन्दा माथि छ । बिहीवारको मूल्य रू. १ सय ४४ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. १ सय ५० मा प्रतिरोध र सस्तिएमा रू. १ सय २६ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)