ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ग्लोबल आईएमई लघुवित्त : कम्पनी विश्लेषण (बुधवार, ६ चैत २०७५)

Mar 20, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
२०७० साल जेठ ५ गतेदेखि वित्तीय कारोबार सञ्चालन गर्दै आएको ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले २०७० साल जेठ १ गते दश जिल्ला कार्यक्षेत्र रहने गरी नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त गरेको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयबाट ४५ जिल्ला कार्यक्षेत्र बनाउन स्वीकृति पाइसकेको कम्पनीले हाल एक केन्द्रीय सहित ६३ ओटा शाखा कार्यालयबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ । यी शाखाबाट कम्पनीले ६४ हजार ४८८ जना सदस्यलाई गुणस्तरीय लघुवित्तीय कारोबार प्रदान गरिरहेको जानकारी दिएको छ । सहायक कम्पनीको रूपमा रहेको ग्लोबल आईएमई बैंकको यस कम्पनीमा संस्थापकतर्फ ७० प्रतिशत अंश छ । लगानीकर्ताहरूलाई विगत ४ वर्षदेखि लाभांश वितरण गर्दै आएको यस कम्पनीले गतवर्षको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश वितरण गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ करोड ४ लाख ५७ हजार छ ।

कम्पनीको चालू आवको दोस्रोे त्रैमासिक वित्तीय विवरणअनुसार आव २०७४/७५ र २०७५/७६ बीच तुलना गर्दा :
  • कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा रू. १ करोड ९६ लाख ७ हजार खुद नाफा आर्जन गरेको छ । यो नाफा गतवर्षको सोही अवधिको तुलनामा १६२ प्रतिशत बढी हो । यस वर्ष सञ्चालन नाफा गतवर्षको तुलनामा तीन गुणा बढेकाले पनि नाफा बढ्न सहयोग मिलेको हो । कम्पनीको सञ्चालन नाफा यस वर्ष रू. २ करोड ९१ लाख १ हजार छ ।
  • कम्पनीको जगेडा कोषमा यस वर्ष रू. ३ करोड ५० लाख ४६ हजार रहेको छ । यो गतवर्षको तुलनामा ५७ प्रतिशत बढी हो । गतवर्षको दोस्रो त्रैमासमा जगेडा कोषमा रू. २ करोड २३ लाख ६५ हजार थियो ।
  • कम्पनीले यस वर्ष निक्षेप संकलनमा उल्लेख्य वृद्धि गरेको छ । गतवर्ष रू. २४ करोड १४ लाख २१ हजार निक्षेप संकलन गरेको थियो भने यस वर्ष रू. ५६ करोड ६४ लाख ९६ हजार संकलन भएको छ । यो रकम गतवर्षभन्दा १३४ दशमलव ६५ प्रतिशत बढी हो ।
  • कर्जा प्रवाह पनि गतवर्षभन्दा २३२ प्रतिशत बढी छ । कम्पनीले रू. २ अर्ब २० करोड ४४ लाख २९ हजार कर्जा प्रवाह गरेको हो ।
  • कम्पनीले यस वर्ष गतवर्षको तुलनामा १४३ प्रतिशत बढी अर्थात् रू. १४ करोड ३१ लाख ६७ हजार ब्याज आम्दानी गरेको छ भने १७१ प्रतिशत बढी रू. ९ करोड १३ लाख १९ हजार ब्याजमा खर्चिएको छ ।
  • गतवर्षभन्दा ८४ प्रतिशत कम रू. ३ लाख ४२ हजार खराब कर्जा संकलन गरेको कम्पनीले सम्भावित जोखिम शीर्षकमा रू. १ करोड ३१ लाख रकम छुट्याएको छ । निष्क्रिय कर्जा ०.५३ प्रतिशत छ ।
  • दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक रू. ३५ दशमलव ५०, मूल्य आम्दानी अनुपात ३३ दशमलव ०४ गुणा, प्रतिशेयर कुल सम्पत्तिको मूल्य रू. २ हजार ३९९ दशमलव ७५, प्रतिशेयर नेटवर्थ रू. १३१ दशमलव ७३ र तरलता अनुपात १३ दशमलव ९३ रहेको छ ।
  • अर्निङ पावर रेशियो : ०.००७४ गुणा
  • अर्निङ यिल्ड रेशियो : ३.३९ प्रतिशत
  • खरीद चाप : कम्पनीको मंगलवार भएको शेयर कारोबारमा अन्तिम समयसम्म विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिसम्म १०० कित्ता शेयर खरीद र ७९ कित्ता शेयर विक्री गर्ने माग थियो ।

निष्कर्ष कम्पनीको ५६ दिनको कारोबार अवधिको मैनबत्ती विश्लेषणको अन्तिम दिनमा फोर प्राइस डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बढ्ने वा घट्ने कुनै निश्चित संकेत गर्दैन । यस्तो अवस्थामा ‘पर्ख र हेर’ को रणनीति अपनाउन सकिन्छ । कम्पनीको आरएसआई न्युट्रल जोन ४२ दशमलव ८७ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । त्यस्तै, कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २१ दशमलव ७५ विन्दुमा छ । उतारचढाव मध्यम अवस्थामा छ । कम्पनीको सोही अवधिको मुभिङ एभरेजमा २६ दिने र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिन खोजेका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । हालको शेयरमूल्य रू. १ हजार ५० देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ हजार १ सय १२ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १ हजार ३६ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)