ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ग्रामीण विकास लघुवित्त : कम्पनी विश्लेषण (बिहीवार, ७ चैत २०७५)

Mar 21, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था कम्पनी ऐन २०६३ बमोजिम उद्योग मन्त्रालय अन्तर्गत कम्पनी रजिष्ट्रारको कार्यालयमा २०७१ साउन १४ गते दर्ता भएको हो । कम्पनीले ७७ ओटै जिल्लामा १ सय ८८ ओटा शाखा कार्यालयबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ । कम्पनीले पूँजीवृद्धिका लागि हकप्रद शेयर जारी गर्न नियामक नेपाल धितोपत्र बोर्ड (सेबान) बाट फागुन २९ गते स्वीकृति पाएको छ । कम्पनी १ः०.५ अनुपातमा ३२ लाख ७५ हजार कित्ता हकप्रद शेयर जारी गर्ने तयारीमा छ । विक्रीप्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड छ । हकप्रद शेयर निष्कासन तथा बाँडफाँट गरेपछि कम्पनीको चुक्तापूँजी रू. ९८ करोड २५ लाख पुग्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. ६५ करोड ५० लाख छ । चालू आवको दोस्रो त्रैमासमा कम्पनीले रू. ११ करोड ३४ लाख नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा १५ प्रतिशत बढी हो । कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो ।

कम्पनीको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
  • पुस मसान्तसम्ममा कम्पनीले रू. ४ अर्ब ७५ करोड निक्षेप संकलन गरेको छ भने रू. ९ अर्ब १७ करोड कर्जा प्रवाह गरेको छ । कर्जा प्रवाह गत आवको सोही अवधिको तुलनामा १२ दशमलव ८१ प्रतिशत बढी हो । लगानी रू. ६० लाख ७९ हजार छ ।
  • कम्पनीले रू. ४४ करोड ५४ लाख खुद ब्याज आम्दानी गरेको छ भने सञ्चालन नाफा रू. १४ करोड २६ लाख छ । कर्मचारी खर्च ८ प्रतिशत बढेर रू. २९ करोड २२ लाख पुगेको छ । कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा रू. ५ करोड ५४ लाख छुट्याएको छ ।
  • निष्क्रिय कर्जा ४ दशमलव ५० प्रतिशत, पूँजीकोष लागत ९ दशमलव २९ प्रतिशत र पूँजीकोष पर्याप्तता ७ दशमलव ५९ छ । ग्रामीण क्षेत्रमा रहेका विपन्न परिवारलाई कृषि, उद्योग र सेवा व्यवसाय सञ्चालनका लागि लघु कर्जा प्रवाह गर्ने कम्पनीको योजना छ ।
  • दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी (वार्षिक) रू. ३४ दशमलव ६४, मूल्य आम्दानी अनुपात १२ दशमलव २७, तरलता अनुपात ७ दशमलव ७१ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १ सय ५८ दशमलव ६५ छ । मंगलवारको शेयरमूल्य रू. ४ सय ५७ कायम भएको छ ।
  • अर्निङ पावर रेशियो : ०.०१ गुणा
  • अर्निङ यिल्ड रेशियो : . ७.५७ ५
  • खरीद चाप : कम्पनीको सोमवार भएको शेयर कारोबारमा अन्तिम समयसम्म विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिसम्म ३ हजार ८ सय ४० कित्ता शेयर खरीद गर्ने र १ हजार ५ सय ८४ कित्ता शेयर विक्री गर्ने माग थियो ।

निष्कर्ष कम्पनीको ६३ दिनको शेयर कारोबारलाई लिएर गरिएको मैनबत्ती विश्लेषणको अन्तिम दिनमा लङलेग्ड डोजी आकृति बनेको छ । यस्तो आकृतिले घट्ने बढ्ने कुनै पनि निश्चित संकेत देखाउँदैन । यस्तो अवस्थामा कम्पनीको आधारभूत पक्ष हेरेर लगानी गरेमा राम्रो प्रतिफल पाउन सकिन्छ । कम्पनीको आरएसआई न्युट्रल जोन ५७ दशमलव ८० विन्दुमा छ । यसले शेयर खरीदविक्री सन्तुलनमा रहेको देखाउँछ । त्यस्तै, कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ५ दशमलव ८९ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । कम्पनीको सोही अवधिको मुभिङ एभरेजमा २६ दिने र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । मंगलवारको शेयरमूल्य रू. ४ सय ५७ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ४ सय ६५ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ४ सय ४७ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)