ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मेरो माइक्रोफाइनान्स वित्तीय संस्था : कम्पनी विश्लेषण (बिहीवार, ७ चैत २०७५)

Mar 21, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
नेपाल राष्ट्र बैंकबाट लघुवित्त कारोबार सञ्चालनका लागि २०७० असार ३० गते अनुमति प्राप्त गरेको मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले साउन ३ गतेदेखि औपचारिक रूपमा कारोबार शुरू गरेको हो । नेपालका ८ वाणिज्य तथा २ विकास बैंकको संयुक्त प्रवद्र्धनमा स्थापित यस कम्पनीले नयाँ प्रविधिहरूको प्रयोगबाट छिटो, छरितो र विश्वसनीय सेवा प्रदान गर्दै कार्यक्रम विस्तार गरेको छ । हाल ८६ शाखा कार्यालयबाट ८७ हजार ७४ विपन्न परिवारको घरमा लघुवित्त सेवा प्रदान पुर्‍याएको यस कम्पनीले चालू आर्थिक वर्षमा वित्तीय पहुँच नपुगेका ग्रामीण क्षेत्रमा शाखा विस्तार गर्ने लक्ष्य लिएको छ । चालू आवको दोस्रो त्रैमासमा कम्पनीले रू. ६ करोड १८ लाख नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ७९ प्रतिशत बढी हो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले नाफामा वृद्धि भएको हो । कम्पनीको चुक्तापूँजी रू. ३२ करोड ८९ लाख छ । कम्पनीले २०७४/७५ को मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र ११ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गरेको छ । बोनस शेयर शेयरधनीको डिम्याट खातामा र नगद लाभांश बैंक खातामा पठाइसकेको छ ।

कम्पनीको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
  • पुस मसान्तसम्ममा कम्पनीले रू. ९६ करोड निक्षेप संकलन गरेको छ भने रू. ३ अर्ब ९९ करोड कर्जा प्रवाह गरेको छ । गत आवको सोही अवधिको तुलनामा निक्षेप ५४ प्रतिशत र कर्जा प्रवाह ४९ प्रतिशत बढी हो । रिजर्भ कोषमा कम्पनीले रू. १३ करोड ८६ लाख छुट्याएको छ ।
  • कम्पनीले रू. १५ करोड ७ लाख खुद ब्याज आम्दानी गरेको छ भने सञ्चालन नाफा रू. ९ करोड ७२ लाख पुगेको छ । कर्मचारी खर्च २४ दशमलव ५५ प्रतिशत बढेर रू. ८ करोड ३० लाख पुगेको छ । सम्भावित जोखिम बापतको व्यवस्थामा कम्पनीले रू. ८९ लाख ७७ हजार छुट्याएको छ ।
  • पूँजीकोष पर्याप्तता १६ दशमलव ६९ प्रतिशत र पूँजीकोष लागत ९ दशमलव ८६ प्रतिशत छ । आगामी दिनमा वित्तीय पहुँच नपुगेका ग्रामीण क्षेत्रमा शाखा विस्तार गरी अझ प्रभावकारी रूपमा सेवा तथा सुविधाको विस्तार गर्ने कम्पनीको योजना छ ।
  • दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी रू. ३७ दशमलव ६२, मूल्य आम्दानी अनुपात २८ दशमलव ४७, तरलता अनुपात ३९ दशमलव ४६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १ सय ४२ दशमलव १५ छ । मंगलवारको शेयरमूल्य रू. ५ सय ८७ कायम भएको छ ।
  • अर्निङ पावर रेशियो : ०.०१ गुणा
  • अर्निङ यिल्ड रेशियो : . ६.४० ५
  • विक्री चाप : कम्पनीको मंगलवार भएको शेयर कारोबारमा अन्तिम समयसम्म खरीद चापको तुलनामा विक्री चाप बढी छ । सो अवधिसम्म ४ सय ६५ कित्ता शेयर विक्री गर्ने र ४ सय ४१ कित्ता शेयर खरीद गर्ने माग थियो ।

निष्कर्ष कम्पनीको ६४ दिनको शेयर कारोबालाई लिएर गरिएको मैनबत्ती विश्लेषणको अन्तिम दिनमा सामान्य डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य घट्ने अथवा बढ्ने कुनै पनि निश्चित संकेत देखाउँदैन । कम्पनीको आरएसआई ओभरसोल्ड जोन २४ दशमलव ६७ विन्दुमा छ । यसले विक्री चाप बढी रहेको देखाउँछ । त्यस्तै, कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३ दशमलव ०७ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । कम्पनीको सोही अवधिको मुभिङ एभरेजमा २६ दिने र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । मंगलवारको शेयरमूल्य रू. ५ सय ८७ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ६ सय ५ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ५ सय ८० मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)