ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्वावलम्बन लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (आइतवार, १० चैत २०७५)

Mar 24, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
कम्पनीले हालसम्ममा १ सय २८ शाखा तथा उपशाखा कार्यालयबाट कुल २ लाख ४८ हजार ५ सय १३ विपन्न परिवारमा लघुवित्त सेवा प्रदान गर्दै आएको छ । आगामी दिनमा कम्पनीले कार्यक्रम विस्तार गर्दा लघुवित्त सेवाको पहुँच कम भएका क्षेत्रलाई विशेष प्राथमिकता दिनेछ । २०७४/७५ को मुनाफाबाट कम्पनीले शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र ११ दशमलव ८४ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले नगद लाभांश शेयरधनीको बैंक खातामा पठाइसेको छ । चालू आवको दोस्रो त्रैमासमा कम्पनीले रू. १७ करोड १९ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ५ प्रतिशत वृद्धि भएको हो । कम्पनीको चुक्तापूँजी २५ प्रतिशत वृद्धि भएर रू. ६२ करोड ८८ लाख पुगेको छ । २५ प्रतिशत बोनस शेयर वितरणपछि पूँजी बढेको हो । रिजर्भ कोषमा रू. ८७ करोड ४४ लाख छुट्याएको छ ।

कम्पनीले सार्वजनिक गरेको चालू आवको दोेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
  • कम्पनीले चालू आवको पुस मसान्तसम्ममा रू. ६ अर्ब ५८ करोड निक्षेप संकलन गरेको छ भने रू. ११ अर्ब ५९ करोड कर्जा प्रवाह भएको छ । गत आवको सोही अवधिको तुलनामा निक्षेप ३१ प्रतिशत र कर्जा प्रवाह ३६ प्रतिशत वृद्धि भएको हो । कम्पनीको लगानी रू. ५६ करोड ७७ लाख रहेको छ ।
  • कम्पनी रू. ९ लाख ७७ हजार खराब कर्जा उठाउन सफल भएको छ भने सम्भावित जोखिम बापतको व्यवस्थामा रू. २ करोड ६० लाख छुट्याएको छ । निष्क्रिय कर्जा १ दशमलव शून्य ३ प्रतिशत, पूँजीकोष लागत ९ दशमलव २५ प्रतिशत र पूँजी कोष पर्याप्पता ११ दशमलव शून्य १ प्रतिशत रहेको छ ।
  • गत आवको दोस्रो त्रैमासमा रू. १९ करोड ७ लाख भएको कर्मचारी खर्च चालू आवको दोस्रो त्रैमासमा रू. २७ करोड ७४ लाख भएको छ । कम्पनीले रू. ९६ करोड ४९ लाख ब्याज आम्दानी गरेको छ भने रू. ४५ करोड ९६ लाख ब्याज खर्च भएको छ । सञ्चालन नाफा ५ प्रतिशत वृद्धि भएर रू. २६ करोड ९१ लाख पुगेको छ ।
  • चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी रू. ५४ दशमलव ६८, मूल्य आम्दानी अनुपात १५ दशमलव ४५, प्रतिशेयर कुल सम्पत्तिको मूल्य रू. २ हजार ९८, तरलता अनुपात १० प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २ सय ३९ दशमलव शून्य ४ रहेको छ । बिहीवारको शेयर मूल्य रू. ८ सय २४ कायम भएको छ ।
  • अर्निङ पावर रेशियो : ०.०१ गुणा
  • अर्निङ यिल्ड रेशियो : ६.६३ प्रतिशत

निष्कर्ष कम्पनीको ५८ दिनको कारोबार अवधिको अन्तिम दिन ओपनिङ कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्दछ । आरएसआई न्यूट्रल जोन (४७ दशमलव ७९ स्केलमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । त्यस्तै कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ५ दशमलव ५३ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ । उतारचढाव न्यून रहेकाले जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने सम्भावना रहन्छ । मुभिङ एभरेजमा २६ दिने औषत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकआपसमा टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । बिहीवारको शेयरमूल्य रू. ८ सय २४ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. ८ सय ४० मा प्रतिरोध पाउने र सस्तिएमा रू. ७ सय ७५ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)