ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (आइतवार, १० चैत २०७५)

Mar 24, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था २०५५ साल कात्तिक १२ मा स्थापना भएको हो । कम्पनीले देशका सम्पूर्ण ७७ जिल्लामा १ सय ८१ शाखा कार्यालयमार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ । नयाँ क्षेत्रमा कार्यक्रम विस्तार गर्दा लघुवित्त सेवाको पहुँच नपुगेका गाउँपालिका तथा नगरपालिकालाई कम्पनीले प्राथमिकतामा राखेको छ । पुस मसान्तसम्ममा कम्पनीले कुल ३ लाख ३८ हजार २ सय विपन्न परिवारमा लघुवित्त सेवा प्रदान गरेको छ । कम्पनीले प्रदान गर्ने सेवाहरु लघु कर्जा, लघु बचत, लघु बीमा र विप्रेषण सेवा रहेका छन् । २०७४/७५ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र २२ दशमलव ११ प्रतिशत नगद लाभांश वितरण गरेको छ । शेयरधनीको हिग्राही खातामा बोनस शेयर र बैंक खातामा नगद लाभांश पठाइसकेको छ । चालू आवको दोस्रो त्रैमासमा कम्पनीले रू. ३३ करोड ३२ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही २३ प्रतिशत वृद्धि भएको हो । सञ्चालन नाफा र खुद ब्याज आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । चुक्तापूँजी रू. १ अर्ब २० करोड छ भने रिजर्भ कोषमा रू. १ अर्ब १४ करोड छुट्याएको छ ।

कम्पनीको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
  • दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. ९ अर्ब ६८ करोड निक्षेप संकलन गरेको छ भने रू. १७ अर्ब कर्जा प्रवाह भएको छ । गत आवको सोही अवधिको तुलनामा निक्षेप ३२ प्रतिशत र कर्जा प्रवाह २६ प्रतिशत वृद्धि भएको हो । कम्पनीको लगानी रू. ६५ करोड ९१ लाख रहेको छ ।
  • कम्पनीले रू. ७६ करोड ९२ लाख खुद ब्याज आम्दानी गरेको छ भने सञ्चालन नाफा रू. ५१ करोड ७६ लाख रहेको छ । कर्मचारी खर्च १२ प्रतिशत बढेर रू. ३२ करोड १ लाख र अन्य सञ्चालन खर्च रू. ५ करोड ६१ लाख रहेको छ ।
  • सम्भावित जोखिम बापतको व्यवस्थामा कम्पनीले रू.६ करोड ३२ लाख छुट्याएको छ । निष्क्रिय कर्जा १ दशमलव शून्य ९ प्रतिशत र पूँजीकोष लागत ८ दशमलव ७५ प्रतिशत रहेको छ । स्थिर सम्पत्ति ७ प्रतिशत घटेर रू. १७ करोड ७७ लाखमा सीमित भएको छ भने अन्य सम्पत्ति २९ प्रतिशत वृद्धि भएर रू. १ अर्ब ११ करोड पुगेको छ ।
  • कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी रू. ५५ दशमलव ५४, मूल्य आम्दानी अनुपात १३ दशमलव ७७, तरलता अनुपात १५ दशमलव ३० प्रतिशत, कुल र प्रतिशेयर नेटवर्थ रू. १ सय ९५ दशमलव ७७ रहेको छ । बिहीवारको शेयरमूल्य रू. ७ सय २० कायम भएको छ ।
  • अर्निङ पावर रेशियो : ०.०१ गुणा
  • अर्निङ यिल्ड रेशियो : ७.७१ प्रतिशत

निष्कर्ष कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम ३ दिनमा आइडेन्टिकल थ्री क्रश बियरिश आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बियरिश ट्रेन्डमा रिभर्स हुने संकेत गर्दछ । विश्वसनीयता भने उच्च रहेको छ । आरएसआई न्यूट्रल जोन ४५ दशमलव १४ स्केलमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । त्यस्तै स्ट्यान्डर्ड डेभिएशन १० दशमलव ९८ बिन्दुमा छ । उताब चढाव न्यून रहेको छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । मुभिङ एभरेजमा २६ औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकआपसमा टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल रहेको छ । बिहीवारको शेयरमूल्य रू. ७ सय २० देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. ७ सय ४४ मा प्रतिरोध पाउने र सस्तिएमा रू. ६ सय ९३ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)