ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एभरेष्ट इन्स्योरेन्स कम्पनी : कम्पनी विश्लेषण (बिहीवार, १४ चैत २०७५)

Mar 28, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
एभरेष्ट इन्स्योरेन्स कम्पनीले ३ सय प्रतिशत हकप्रद शेयर जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा फागुन १५ गते निवेदन दिएको छ । रू. १ अर्ब पूँजी पु¥याउन कम्पनीले हकप्रद शेयर जारी गर्न सेबोनमा निवेदन दिएको हो । यसअघि कम्पनीले १ सय ५ प्रतिशत संस्थापक समूहको हकप्रद शेयर जारी गरेको थियो । १ सय ५ प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँट गरेपछि कम्पनीको चुक्तापूँजी रू. २७ करोड ३९ लाख पुगेको छ । कम्पनीले रू. १ सय अंकित दरको ८२ लाख १९ हजार ४ सय ७५ कित्ता हकप्रद शेयर जारी गर्न सेबोनमा निवेदन दिएको हो । विक्रीप्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड छ । ३ सय प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँट गरेपछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ९ करोड पुग्नेछ । ६१ दिनकोे कारोबार अवधिमा कम्पनीको शेयरमूल्य अधिकतम रू. ८ सय ९२ न्यूनतम रू. ७ सय ८५ पुगेको छ । प्राविधिक विश्लेषण विक्री चाप : कम्पनीको बुधवार भएको १ः४२ सम्मको शेयर कारोबारमा अन्तिम समयसम्म खरीद चापको तुलनामा विक्री चाप बढी छ । सो अवधिसम्म १ हजार १ सय ११ कित्ता शेयर खरीद गर्ने र १ सय ९० कित्ता शेयर खरीद गर्ने माग थियो । निष्कर्ष कम्पनीको ६३ दिनको कारोबारलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा फोर प्राइस डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने अथवा घट्ने निश्चित संकेत गर्दैन । यस्तो अवस्थामा कम्पनीको आधारभूत पक्षलाई हेरेर लगानी गरेमा राम्रो प्रतिफल पाउन सकिन्छ । आरएसआई न्युट्रल जोन ५४ दशमलव ०८ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनामा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ४ विन्दुमा छ । उतारचढाव सामान्य छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई औसत रेखाभन्दा माथि छ । मंगलवारको शेयरमूल्य रू. ८ सय ४४ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ८ सय ७२ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ८ सय ३८ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)