ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी : कम्पनी विश्लेषण (बिहीवार, १४ चैत २०७५)

Mar 28, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
कम्पनी पूँजीवृद्धिका लागि चैत २८ गतेदेखि २०७६ जेठ १ गतेसम्म ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने तयारीमा छ । बीमा समितिले जीवन बीमा कम्पनीको चुक्तापूँजी रू. २ अर्ब पुर्‍याउन निर्देशन दिएसँगै कम्पनीले कम्पनीले २९ लाख ७० हजार कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ५९ करोड ४० लाख छ । ५० प्रतिशत हकप्रद निष्कासन तथा बाँडफाँट गरेपछि चुक्तापूँजी रू. ८९ करोड १० लाख पुग्नेछ । २०७३/७४ को मुनाफाबाट ८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले चैत २१ गते साधारणसभाको आयोजना गर्दै छ । सो साधारणसभाले कम्पनीको पुनः शत प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । बोनस शेयर प्रस्ताव गरेपछि कम्पनीको शेयरमूल्य बढेको छ । ६२ दिनको कारोबार अवधिमा कम्पनीको शेयरमूल्य अधिकतम रू. ७ सय ८२ पुगेको छ भने न्यूनतम रू. ५ सय १ रहेको छ । प्रस्तावित बोनस शेयर वितरण गरेपछि कम्पनीको चुुक्तापूँजी रू. ९३ करोड ८५ लाख पुग्नेछ । अपुग रकम बोनस शेयर र हकप्रद शेयर जारी गरेर पुर्‍याउने कम्पनीको योजना छ । ८ प्रतिशत बोनस शेयरको समायोजन भएपछि कम्पनीको शेयरमूल्य घटेको छ । प्राविधिक विश्लेषण विक्री चाप : कम्पनीको मंगलवार भएको शेयर कारोबारमा अन्तिम समयसम्म खरीद चापको तुलनामा विक्री चाप बढी छ । सो अवधिसम्म ४ हजार ८ सय २५ कित्ता शेयर विक्री गर्ने र १ हजार ९ कित्ता शेयर विक्री गर्ने माग थियो । निष्कर्ष कम्पनीको ६४ दिनको कारोबारलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा सेतो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्छ । आरएसआई ओभरसोल्ड जोन २५ दशमलव ६६ विन्दुमा छ । यसले शेयर विक्री चाप बढेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ९१ दशमलव ७५ विन्दुमा छ । उतारचढाव उच्च छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग जोडिएका छन् । हालको मूल्य यी दुई औसत रेखाभन्दा तल छ । मंगलवारको शेयरमूल्य रू. ५ सय ६ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ५ सय १० मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ५ सय टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)