ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एशियन लाइफ इन्स्योरेन्स : कम्पनी विश्लेषण (सोमवार, १८ चैत २०७५)

Apr 1, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
कम्पनीले पूँजीवृद्धिका लागि चैत २५ गतेदेखि ६० प्रतिशत हकप्रद शेयर जारी गर्दै छ । रू. सय अंकित दरको ७५ लाख ४० हजार ३ सय ५२ दशमलव ७३ कित्ता हकप्रद शेयर जारी गर्नेछ । फागुन २१ गतेसम्म शेयर किन्ने शेयरधनीले हकप्रद खरीदका लागि आवेदन दिन सक्छन् । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २५ करोड छ । यो हकप्रद शेयर निष्कासन तथा बाँडफाँट गरेपछि पूँजी रू. २ अर्ब १ करोड पुग्नेछ । कम्पनीको ६२ दिनको कारोबार अवधिमा शेयरमूल्य अधिकतम रू. ६ सय ८४ र न्यूनतम रू. ३ सय ८१ पुगेको छ । प्राविधिक विश्लेषण विक्री चाप : कम्पनीको आइतवार भएको शेयर कारोबारमा अन्तिम समयसम्म खरीद चापको तुलनामा विक्री चाप बढी छ । सो अवधिसम्म २ हजार ८ सय ४९ कित्ता शेयर विक्री गर्ने माग र ६ सय ९८ कित्ता शेयर खरीद गर्ने माग थियो । निष्कर्ष कम्पनीको ६३ दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा ओपनिङ कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्छ । आरएसआई ओभरसोल्ड जोन २२ दशमलव ६९ विन्दुमा छ । यसले शेयर विक्री चाप बढेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २ दशमलव ७५ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । पछिल्लो शेयरमूल्य रू. ३ सय ९० देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ४ सय १ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ३ सय ८१ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)