ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नागवेली लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (सोमवार, १८ चैत २०७५)

Apr 1, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
कम्पनीले शेयरधनीलाई ९ दशमलव ३८ प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीको चैत १५ गते सम्पन्न वार्षिक साधारणसभाले उक्त शेयर पारित गरेको हो । कम्पनीले ९ दशमलव ३८ प्रतिशत बोनस शेयर वितरण गरेपछि कायम हुने चुक्तापूँजीको ४ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १५ करोड ३२ लाख छ । बोनस शेयर वितरण गरेपछि पूँजी रू. १६ करोड ७६ लाख पुग्नेछ । ५८ दिनको कारोबार अवधिमा कम्पनीको शेयरमूल्य अधिकतम रू. ८ सय १० र न्यूनतम रू. ५ सय ९० छ । प्राविधिक विश्लेषण खरीद चाप : कम्पनीको आइतवार भएको शेयर कारोबारमा अन्तिम समयसम्म विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिसम्म ४ सय ४५ कित्ता शेयर खरीद गर्ने र १ सय ८७ कित्ता शेयर विक्री गर्ने माग थियो । निष्कर्ष कम्पनीको ५९ दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा लङलेग्ड डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य घट्ने अथवा बढ्ने कुनै पनि निश्चित संकेत देखाउँदैन । आरएसआई न्युट्रल जोन ४० दशमलव ०६ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनामा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ४ दशमलव ०१ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । पछिल्लो शेयरमूल्य रू. ६ सय ५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ६ सय ३५ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ५ सय ९० मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)