नाडेप लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (सोमवार, १८ चैत २०७५)
Apr 1, 2019
 
लगानी
कम्पनी विश्लेषण
कम्पनीले शत प्रतिशत हकप्रद शेयर निष्कासनपछि शेयरधनीलाई ३० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको मङ्सिर १२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले उक्त लाभांश पाउनेछन् । कम्पनीले हकप्रद शेयर लीलाम विक्री गरी बाँडफाँटमा नपरेको शेयरबापतको रकम चैत १७ गतेदेखि फिर्ता गर्दै छ । ६१ दिनको कारोबार अवधिमा कम्पनीको शेयरमूल्य अधिकतम रू. ८ सय १० र न्यूनतम रू. ६ सय ५७ पुगेको छ ।
प्राविधिक विश्लेषणखरीद चाप : कम्पनीको आइतवार भएको शेयर कारोबारमा अन्तिम समयसम्म विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिसम्म ८ सय ७० कित्ता शेयर खरीद गर्ने र ५ सय ७० कित्ता शेयर विक्री गर्ने माग थियो ।
निष्कर्ष
कम्पनीको ६२ दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा इन्भर्टेड ह्याम्मर आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बुलिशमा रिभर्स हुने संकेत गर्छ । यसको विश्वसनीयता भने सामान्य छ । आरएसआई न्युट्रल जोन ३७ दशमलव २२ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनामा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ६ दशमलव ७९ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । पछिल्लो शेयरमूल्य रू. ६ सय ६० देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ६ सय ७४ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ६ सय ५७ मा टेवा पाउने देखिन्छ ।