ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल इन्स्योरेन्स : कम्पनी विश्लेषण (सोमवार, १८ चैत २०७५)

Apr 1, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
नेपाल इन्स्योरेन्स कम्पनीले पूँजीवृद्धिका लागि फागुन २१ गतेदेखि ६५ प्रतिशत हकप्रद शेयर जारी गरिरहेको छ । कम्पनीले रू. सय अंकित दरको ४० लाख १४ हजार ६ सय ५१ दशमलव ५८ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । आवेदकले चैत २५ गतेसम्म हकप्रद शेयर आवेदन दिन सक्छन् । विक्रीप्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड छ । हाल कम्पनीको चुक्तापूँजी रू. ६१ करोड ७६ लाख छ । ६५ प्रतिशत हकप्रद शेयर बाँडफाँट गरेपछि पूँजी रू. १ अर्ब १ करोड पुग्नेछ । ६२ दिनको कारोबार अवधिमा कम्पनीको शेयरमूल्य अधिकतम रू. ५ सय ८३ र न्यूनतम रू. ३ सय ६२ पुगेको छ । प्राविधिक विश्लेषण खरीद चाप : कम्पनीको आइतवार भएको शेयर कारोबारमा अन्तिम समयसम्म विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिसम्म ७ हजार ८ सय ९० कित्ता शेयर खरीद गर्ने र २ हजार १ सय ५८ कित्ता शेयर विक्री गर्ने माग थियो । निष्कर्ष कम्पनीको ६३ दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा सेतो क्लोजिङ मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ३५ दशमलव २३ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन शून्य दशमलव ७४ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । यस्तो अवस्थामा १४ दिने औसत मूल्यरेखाले २६ दिने औसत मूल्यरेखालाई माथिबाट काटेर तल झरेमा शेयरमूल्य घट्न सक्छ । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । पछिल्लो शेयरमूल्य रू. ३ सय ७२ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ३ सय ८६ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ३ सय ६४ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)