अपि पावर : कम्पनी विश्लेषण (मंगलवार, १९ चैत २०७५ )
Apr 2, 2019
 
लगानी
कम्पनी विश्लेषण
हाल रू. १ अर्ब १३ करोड चुक्तापूँजी भएको अपि पावर कम्पनी २ सय प्रतिशत हकप्रद शेयर जारी गर्ने तयारीमा छ । कम्पनीले रू. सय अंकित दरको २ करोड २६ लाख ८० हजार कित्ता हकप्रद शेयर निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा पुस ४ गते निवेदन दिएको थियो । विक्रीप्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड छ । २०७४/७५ को मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर वितरण गरेको छ । ६१ दिनको कारोबारमा कम्पनीको शेयरमूल्य अधिकतम रू. १ सय ५७ र न्यूनतम रू. १ सय २४ पुगेको छ ।
प्राविधिक विश्लेषणखरीद चाप: कम्पनीको सोमवार भएको शेयर कारोबारमा अन्तिम समयसम्म विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिसम्म २४ हजार ३ सय २५ कित्ता शेयर खरीद गर्ने र ३ हजार ६० कित्ता शेयर विक्री गर्ने माग थियो ।
निष्कर्ष
कम्पनीको ६२ दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा सेतो क्लोजिङ मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५४ दशमलव ८१ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २ दशमलव ०३ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । पछिल्लो शेयरमूल्य रू. १ सय ३८ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ सय ४० मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १ सय ३० मा टेवा पाउने देखिन्छ ।