मल्टिपर्पोज फाइनान्स : कम्पनी विश्लेषण (मंगलवार, १९ चैत २०७५ )
Apr 2, 2019
 
लगानी
कम्पनी विश्लेषण
कम्पनी पूँजीवृद्धिका लागि १ः८.६५ अनुपातमा हकप्रद शेयर जारी गर्ने तयारीमा छ । कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा जेठ २७ गते हकप्रद निष्कासनका लागि निवेदन दिएको थियो । सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले रू. सय अंकित दरको ३५ लाख ८५ हजार २ सय ६४ कित्ता हकप्रद शेयर जारी गर्नेछ । विक्रीप्रबन्धकमा सिभिल क्यापिटल लिमिटेड छ । हाल कम्पनीको चुक्तापूँजी रू. ४ करोड १४ लाख छ । हकप्रद शेयर निष्कासन तथा बाँडफाँट गरेपछि पूँजी रू. ३९ करोड ९९ लाख पुग्नेछ । कम्पनीको ३४ दिनको कारोबारमा शेयरमूल्य अधिकतम रू. १ सय ७४ र न्यूनतम रू. १ सय ३५ पुगेको छ ।
प्राविधिक विश्लेषणविक्री चाप: कम्पनीको सोमवार भएको शेयर कारोबारमा अन्तिम समयसम्म खरीद चापको तुलनामा विक्री चाप बढी छ । सो अवधिसम्म २ सय २६ कित्ता शेयर विक्री गर्ने माग थियो भने खरीद माग देखिएको छैन ।
निष्कर्ष
कम्पनीको ३३ दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा ग्रेभस्टोन डोजी बुलिश आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बुलिश ट्रेन्डमा रिभर्स हुने संकेत गर्छ । विश्वसनीयता भने सामान्य छ । आरएसआई न्युट्रल जोन ४५ दशमलव ४४ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३ दशमलव ४६ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । पछिल्लो शेयरमूल्य रू. १ सय ४७ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ सय ५० मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १ सय ३८ मा टेवा पाउने देखिन्छ ।