ङादी ग्रूप पावर: कम्पनी विश्लेषण (मंगलवार, १९ चैत २०७५ )
Apr 2, 2019
 
लगानी
कम्पनी विश्लेषण
हाल रू. ५३ करोड ५४ लाख ५५ हजार चुक्तापूँजी रहेको ङादी ग्रूप पावरले उक्त पूँजीको आधारमा ३० प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्कासनका लागि पुस २३ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो । बोर्डको स्वीकृति पाएमा कम्पनीले १६ लाख ६ हजार ६६४ दशमलव ४० कित्ता शेयर निष्कासन गर्नेछ । हकप्रद निष्कासन तथा विक्रीप्रबन्धकमा कम्पनीले सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले गतवर्षको मुनाफाबाट लगानीकर्ताहरूलाई १० प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ । चालू आर्थिक वर्षको वित्तीय अवस्थालाई हेर्दा कम्पनीले दोस्रो त्रैमासमा रू. ३ करोड ११ लाख २० हजारको विद्युत् विक्री गरेको छ । त्यस अवधिमा कम्पनीको नाफा रू. १ करोड ८ लाख ९ हजार छ । मंगलवारको कारोबारमा कम्पनीको अन्तिम शेयरमूल्य रू. १ सय २३ कायम भएको छ ।
प्राविधिक विश्लेषणखरीद चाप: कम्पनीको सोमवार भएको शेयर कारोबारमा अन्तिम समयसम्म विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिसम्म १ हजार १ सय ४ कित्ता शेयर खरीद गर्ने र ८८ कित्ता शेयर विक्री गर्ने माग थियो ।
निष्कर्ष
कम्पनीको ६९ दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा क्लोजिङ सेतो मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५३ दशमलव ८४ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १ दशमलव ४९ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकआपसमा टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । पछिल्लो शेयरमूल्य रू. १ सय २५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ सय २७ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १ सय २२ मा टेवा पाउने देखिन्छ ।