सिर्जना फाइनान्स : कम्पनी विश्लेषण (मंगलवार, १९ चैत २०७५ )
Apr 2, 2019
 
लगानी
कम्पनी विश्लेषण
कम्पनी पूँजीवृद्धिका लागि १०ः६ अनुपातमा हकप्रद शेयर गर्ने तयारीमा छ । कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा असोज २ गते निवेदन दिएको थियो । कम्पनीले बोर्डबाट स्वीकृति पाएपछि २४ लाख ४ हजार ८० कित्ता हकप्रद शेयर जारी गर्नेछ । विक्रीप्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड छ । राष्ट्र बैंकले वित्त कम्पनीको चुक्तापूँजी रू. ८० करोड पु¥याउनुपर्ने निर्देशन जारी गरेको थियो । हाल कम्पनीको चुक्तापूँजी रू. ४६ करोड ७ लाख छ । ६० प्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँट गरेपछि पूँजी रू. ७० करोड ११ लाख पुग्नेछ । शेयरधनीलाई २०७४/७५ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र ९ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गरेको छ । ३८ दिनको शेयर कारोबार अवधिमा सबैभन्दा बढी शेयरमूल्य रू. २ सय ७ पुगेको छ भने न्यून रू. २ सय ७ छ ।
प्राविधिक विश्लेषणखरीद चाप: कम्पनीको सोमवार भएको शेयर कारोबारमा अन्तिम समयसम्म विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिसम्म ५ सय ५१ कित्ता शेयर खरीद गर्ने माग र ४ सय ८० कित्ता शेयर विक्री गर्ने माग थियो ।
निष्कर्ष
कम्पनीको ३३ दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४५ दशमलव ७७ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनामा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३ दशमलव ७४ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । पछिल्लो शेयरमूल्य रू. २ सय १६ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. २ सय २० मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. २ सय ७ मा टेवा पाउने देखिन्छ ।