ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

देवः विकास बैंक : कम्पनी विश्लेषण (शुक्रवार, २२ चैत २०७५)

Apr 5, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
देवः विकास बैंकले सहारा विकास बैंकलाई गाभ्ने तयारी गरेको थियो । सहारा विकास बैंकले आफै पूँजी पुर्‍याउने निर्णय गरेसँगै दुई बैंक मर्जरमा नजाने भएका छन् । सहारा विकास बैंकसँग मर्जर प्रक्रिया रोकिएसँगै देवः विकास बैंक वेष्टर्न डेभलपमेन्ट बैंकलाई एक्विजिशन गर्ने प्रक्रियामा छ । चालू आर्थिक वर्षभित्रै सातै प्रदेशमा आफ्नो शाखा विस्तार गर्ने योजना देवःको छ । बैंकले चालू आवको साधारणसभा गरेको छैन । बैंकको चुक्तापूँजी रू. २ अर्ब ५३ करोड छ भने वेष्टर्न डेभलपमेन्ट बैंकको चुक्तापूँजी रू. ५० करोड ४० लाख छ । ६२ दिनको कारोबार अवधिमा देवःको शेयरमूल्य अधिकतम रू. १ सय २९ र न्यूनतम रू. १ सय २० पुगेको छ । प्राविधिक विश्लेषण खरीद चाप : कम्पनीको बिहीवार भएको शेयर कारोबारमा अन्तिम समयसम्म विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिसम्म १९ हजार ६ सय ७९ कित्ता शेयर खरीद गर्ने र ६ हजार १ हजार ८० कित्ता शेयर विक्री गर्ने माग थियो । निष्कर्ष कम्पनीको ६४ दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा लङलेग्ड डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने अथवा बढ्ने कुनै पनि निश्चित संकेत देखाउँदैन । आरएसआई न्युट्रल जोन ५१ दशमलव ६८ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन शून्य दशमलव ४० विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाको बीचमा छ । पछिल्लो शेयरमूल्य रू. १ सय २६ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ सय २७ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १ सय २५ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)