ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लुम्बिनी विकास बैंक : कम्पनी विश्लेषण (शुक्रवार, २२ चैत २०७५)

Apr 5, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
कम्पनीले २०७४/७५ को मुनाफाबाट शेयरधनीलाई १७ दशमलव ३५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो । नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले उक्त लाभांश पाउनेछन् । हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब १७ करोड छ । १७ दशमलव ३५ प्रतिशत बोनस शेयर वितरण गरेपछि पूँजी रू. २ अर्ब ५५ करोड पुग्नेछ । कम्पनीको ६२ दिनको कारोबार अवधिमा शेयरमूल्य अधिकतम रू. १ सय ७७ र न्यूनतम रू. १ सय ६९ पुगेको छ । प्राविधिक विश्लेषण खरीद चाप : कम्पनीको बिहीवार भएको शेयर कारोबारमा अन्तिम समयसम्म विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिसम्म ११ हजार ४ सय ८९ कित्ता शेयर खरीद गर्ने र ४ हजार ८ सय ५४ कित्ता शेयर विक्री गर्ने माग थियो । निष्कर्ष कम्पनीको ६४ दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा कालो टुप्पी र पुच्छर भएको कालो मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४६ दशमलव २३ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन शून्य दशमलव ८९ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । पछिल्लो शेयरमूल्य रू. १ सय ७० देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ सय ७२ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १ सय ६९ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)