ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल इन्भेष्टमेन्ट बैंक : कम्पनी विश्लेषण (शुक्रवार, २२ चैत २०७५)

Apr 5, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
यस बैंक र जेविल्स फाइनान्स एकआपसमा गाभिने भएका छन् । बैंक तथा वित्तीय संस्थाको संख्या घटाउने राष्ट्र बैंकको योजनाअनुसार यी दुई कम्पनी एकआपसमा गाभिने भएका हुन् । वाणिज्य बैंकमध्ये सबैभन्दा बढी चुक्तापूँजी भएको इन्भेष्टमेन्ट बैंकले वित्त कम्पनीका लागि तोकिएको रू. ८० करोड चुक्तापूँजी पु¥याइसकेको जेविल्सलाई प्राप्ति गर्न लागेको हो । बैंकको फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । प्राप्तिका विषयमा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएकाले फागुन २७ गतेदेखि जेविल्स फाइनान्सको शेयर कारोबार रोक्का भएको छ । ६२ दिनको कारोबार अवधिमा कम्पनीको शेयरमूल्य अधिकतम रू. ५ सय ५५ र न्यूनतम रू. ५ सय पुगेको छ । प्राविधिक विश्लेषण खरीद चाप: कम्पनीको बिहीवार भएको शेयर कारोबारमा अन्तिम समयसम्म विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिसम्म २७ हजार ८ सय ८८ कित्ता शेयर खरीद गर्ने र ७ हजार ५ सय ५३ कित्ता शेयर विक्री गर्ने माग थियो । निष्कर्ष कम्पनीको ६४ दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा इन्भर्डेड ह्याम्मर आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बुलिश ट्रेन्डमा रिभर्स हुने संकेत गर्छ । यसको विश्वसनीयता भने सामान्य छ । आरएसआई न्युट्रल जोन ५९ दशमलव १८ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३ दशमलव ०५ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । पछिल्लो शेयरमूल्य रू. ५ सय ३५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ५ सय ४१ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ५ सय २८ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)