ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कैलाश विकास बैंक : कम्पनी विश्लेषण (सोमवार, २५ चैत २०७५)

Apr 8, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
गत आवको मुनाफाबाट शेयरधनीलाई १७ प्रतिशत नगद लाभांश दिएको कैलाश विकास बैंकको चालू आवको पुस मसान्तसम्ममा रू. २७ करोड ४६ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ३ प्रतिशत बढी हो । कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ५२ करोड छ भने रिजर्भ कोषमा रू. ९३ करोड ६८ लाख छुट्याएको छ । कम्पनीले ८८ ओटा शाखा कार्यालय र ३१ ओटा एटीएमहरूबाट बैंकिङ सेवा सुविधा दिएको छ । राष्ट्रिय स्तरको विकास बैंकको रूपमा स्थापित गर्न शाखा नपुगेको स्थानमा र ग्रामीण क्षेत्रमा शाखा विस्तार गर्ने कम्पनीको आगामी योजना रहेको छ । व्यावसायिक लगानीलाई विविधीकरण गरी रोजगारी सृजना गर्ने कृषि ऊर्जा तथा उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी बढाउने कार्यलाई निरन्तरता दिने योजना पनि छ ।

कम्पनीको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार आव २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
  • कम्पनीले पुस मसान्तसम्ममा रू. २६ अर्ब ७२ करोड निक्षेप संकलन गरेको छ भने रू. २३ अर्ब ५४ करोड कर्जा प्रवाह भएको छ । गत आवको सोही अवधिको तुलनामा निक्षेप ३९ प्रतिशत र कर्जा प्रवाह ३४ प्रतिशत बढी हो । कम्पनीको लगानी रू. ९२ करोड ७१ लाख छ ।
  • रू. ६१ करोड १३ लाख खुद ब्याज आम्दानी गरेको छ । यो गत आवको दोस्रो त्रैमासको तुलनामा ५४ प्रतिशत बढी भएको हो । कम्पनीको कर्मचारी खर्च ५३ प्रतिशत बढेर रू. १४ करोड ७३ लाख पुगेको छ । सम्भावित जोखिम बापतको व्यवस्थामा रू. ५ करोड ४७ लाख छुट्याएको छ ।
  • कम्पनीको स्थिर सम्पत्ति रू. २२ करोड ८३ लाख पुगेको छ भने अन्य सम्पत्ति ४९ प्रतिशत बढेर रू. ३० करोड ४० लाख पुगेको छ । पुस मसान्तसम्ममा रू. २५ लाख ५२ हजार खराब कर्जा उठाउन सफल भएको छ । निष्क्रिय कर्जा शून्य दशमलव ३३ प्रतिशत, पूँजीकोष लागत ८ दशमलव ६८ प्रतिशत र पूँजीकोष पर्याप्तता १४ दशमलव ९७ प्रतिशत छ ।
  • चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको प्रतिशेयर आम्दानी रू. २१ दशमलव ८५, मूल्य आम्दानी अनुपात ९ दशमलव ७० गुणा, प्रतिशेयर कुल सम्पत्ति मूल्य रू. १ हजार २ सय ८९ दशमलव ४१, तरलता अनुपात २४ दशमलव ४५ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १ सय ३७ दशमलव १७ छ । आइतवारको शेयरमूल्य रू. २ सय १० कायम भएको छ ।
  • अर्निङ पावर रेशियो : ०.००८ गुणा
  • अर्निङ यिल्ड रेशियो : १०.४० प्रतिशत
  • खरीद चाप : कम्पनीको आइतवार भएको शेयर कारोबारमा अन्तिम समयसम्म विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिमा ५ हजार कित्ता शेयर खरीद गर्ने र ४ हजार ९ सय १२ कित्ता शेयर विक्री गर्ने माग छ ।

निष्कर्ष कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा इन्भर्टेड ह्याम्मर आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बुलिशमा रिभर्श हुने संकेत देखाउँछ । विश्वसनीयता भने सामान्य छ । आरएसआई न्युट्रल जोन ५२ दशमलव ५१ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १ दशमलव ४९ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । आइतवार शेयरमूल्य रू. २ सय १० देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. २ सय १२ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. २ सय ८ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)