ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वरुण हाइड्रोपावर : कम्पनी विश्लेषण (मङ्गलवार, २६ चैत २०७५)

Apr 9, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
२५ करोड ५१ लाख ५० हजार रुपैयाँ चुक्तापूँजी रहेको वरुण हाइड्रोपावर कम्पनी लिमिटेडले यस वर्षको दोस्रो त्रैमासमा रू. ३७ लाख ४२ हजार खुद नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको थियो । वित्तीय विवरण हेर्दा राम्रै व्यवसाय गरेको कम्पनीको शेयरमूल्य अंकित मूल्यभन्दा तल झरेको छ । सोमवारको कारोबारमा कम्पनीको अन्तिम शेयरमूल्य रू. ९८ कायम भएको छ । पछिल्लो समय कम्पनीको शेयरमूल्यमा निरन्तर उतारचढाव देखिएको छ । शतप्रतिशत हकप्रद जारी गर्ने तयारीमा रहेको कम्पनीले धितोपत्र बोर्डको स्वीकृति पर्खिरहेको छ । हाल कायम चुक्तापूँजीको आधारमा शत प्रतिशत हकप्रद जारी गर्ने कम्पनीको तयारी छ । हकप्रद वितरण गरेपछि कम्पनीको चुक्तापूँजी ५१ करोड ३ लाख रुपैयाँ पुग्नेछ । पुस मसान्तसम्मको विवरणअनुसार कम्पनीले विद्युत् विक्रीबाट रू. १ करोड ८२ लाख २३ हजार आम्दानी गरेको छ । प्राविधिक विश्लेषण विक्री चाप : कम्पनीको सोमवार भएको शेयर कारोबारमा अन्तिम समयसम्म खरीद चापको तुलनामा विक्री चाप बढी छ । सो अवधिसम्म ३ हजार १८१ कित्ता शेयर विक्री र १ हजार ६९० कित्ता शेयर खरीद गर्ने माग थियो । यस दिन कम्पनीको ५१ कित्ता शेयर कारोबार भएको छ । निष्कर्ष कम्पनीको ६३ दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा सेता मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५४ दशमलव १८ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १ दशमलव १६ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । पछिल्लो शेयरमूल्य रू. ९८ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ९८ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ९५ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)