तारागाउँ रिजेन्सी होटल : कम्पनी विश्लेषण (मङ्गलवार, २६ चैत २०७५)
Apr 9, 2019
 
लगानी
कम्पनी विश्लेषण
यस कम्पनीले १२ दशमलव ६३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । नियामक निकायबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले उक्त लाभांश पाउनेछन् । ६२ दिनको कारोबार अवधिमा कम्पनीको शेयरमूल्य अधिकतम रू. २ सय ५७ र न्यूनतम रू. २ सय ३५ पुगेको छ । आइतवार भएको शेयर कारोबारमा कम्पनीको शेयरमूल्य अघिल्लो दिनको तुलनामा रू. ४ ले घटेर रू. २ सय ४८ मा बन्द भएको छ ।
प्राविधिक विश्लेषणविक्री चाप : कम्पनीको आइतवार भएको शेयर कारोबारमा अन्तिम समयसम्म खरीद चापको तुलनामा विक्री चाप बढी छ । सो अवधिसम्म २ हजार ९ सय ४० कित्ता शेयर विक्री गर्ने र १ हजार ४ सय २० कित्ता शेयर खरीद गर्ने माग थियो ।
निष्कर्ष
कम्पनीको ५५ दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा इन्भर्टेड ह्याम्मर आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बुलिशमा रिभर्स हुने संकेत गर्छ । विश्वसनीयता भने सामान्य छ । आरएसआई न्युट्रल जोन ५२ दशमलव ५९ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २ दशमलव ७१ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । सोमवारको शेयरमूल्य रू. २ सय ४८ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. २ सय ५२ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. २ सय ३८ मा टेवा पाउने देखिन्छ ।