ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हरेक वर्ष मेला आयोजना गर्ने

Apr 10, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
ललितपुर उद्योग वाणिज्य संघले स्थापना कालदेखि जिल्लाका उद्यमी व्यवसायीहरूको हकहितका लागि कार्य गर्दै आएको छ । व्यवसायीको उद्यमशीलता विकास, व्यवसाय गर्ने क्रममा भोग्नुपरेका अवरोध र नीतिगत समस्यामा पैरवी गर्ने कार्य संघले निरन्तर गरिरहेको छ । यसैगरी, ललितपुरमा उत्पादित सामग्रीको राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रमा बजार विस्तार तथा व्यवसायीहरूको ‘एक्सपोजर’ क्षमता बढाउन संघ स्थापना कालदेखि जुटेको छ । संघले स्वदेश तथा विदेशमा हुने मेला र महोत्सवमा उद्यमी व्यवसायीलाई सहभागी गराउने कार्यलाई पनि निरन्तरता दिएको छ । त्यस्तै, ललितपुर उद्योग वाणिज्य स्वयंले विभिन्न मेला तथा महोत्सवको पनि आयोजनामा पनि जोड दिएको छ । २०२३ सालमा स्थापना भएको ललितपुर उद्योग वाणिज्य संघ ५२औं वर्षमा प्रवेश गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघसँगै स्थापना भएको यो संघले नेपालको चेम्बर अभियानमा स्थापनाकालदेखि नै सशक्त भूमिका निर्वाह गरेको छ । संघले स्वर्ण जयन्ती समापन समारोहमा पहिलो ललित अन्तरराष्ट्रिय व्यापार मेलाको आयोजना गरेसँगै हरेक वर्ष मेला आयोजना गर्ने नीति सार्वजनिक गरेको थियो । हरेक वर्ष मेला आयोजना गर्ने नीतिकै निरन्तरताको रूपमा यही बुधवारदेखि वैशाख १ गते आइतवारसम्म ललित अन्तरराष्ट्रिय व्यापार मेला हुँदै छ । चैत्र २७ गते बिहान १० बजे पुलचोकबाट करीब सय मिटर तल नटोलस्थित मदनस्मारक माध्यमिक विद्यालयको खुला प्रांगणमा एक समारोहबीच उपराष्ट्रपति नन्दबहादुर पुनले मेलाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । ललितपुरमा उत्पादित सामग्रीको अन्तरराष्ट्रिय स्तरमा बजार विस्तार गर्न र विभिन्न देशमा उत्पादित सामग्रीको बजारको रूपमा ललितपुरलाई विकसित गर्न मेलाको आयोजना गरिएको हो । ललितपुरमा लगानी भिœयाउने र लगानीका सम्भावना पहिल्याउने दिशामा ‘लगानी मिट’ गर्ने लक्ष्य संघले लिएको छ । मेलामा करीब सयओटा स्टल रहनेछन् । त्यसमध्ये भारत, पाकिस्तान, बंगलादेश, चीनलगायत विभिन्न देशका ३० ओटा स्टल रहनेछन् । नेपालमा उत्पादन भएका हस्तकलाका विविध सामग्रीको स्टल रहने आयोजकको भनाइ छ । विभिन्न सांस्कृतिक झाँक्रीसहित संस्कृतिको आनन्द र मनोरम वातावरणमा क्रेता तथा विक्रेताबीच प्रत्यक्ष भेटघाट हुने संघले बताएको छ । मेलामा दर्शकहरूले अत्यधिक रुचाएका नेपाल आइडियल बुकिबुकीको विशेष प्रस्तुति रहनेछ । मेलाबाट स्वदेशी व्यवसायी, विक्रेताहरूलाई आफ्नो उत्पादन अन्तरराष्ट्रिय रूपमा विकास गर्ने अवसर पाउनेछन् । व्यवसायीहरूबीच आपसी अध्ययन तथा ज्ञान, शीप आदानप्रदान, पर्यटन र व्यावसायिक विकासमा पनि मेलाले टेवा पु¥याउने संघले बताएको छ । मेला अवधिभर ललितपुरको कला, संस्कृति, गीतसंगीतको मज्जा लिँदै नेवारी खाजासँगै अन्य खाजाको स्वाद लिन सकिनेछ । मेलामा करीब ५ करोड रुपैयाँको कारोबार हुने र ५ लाखले मेलाको अवलोकन गर्ने अनुमान छ । आर्थिक विकाससँगै ललितपुरको विशिष्ट सामाजिक, सांस्कृतिक, धार्मिक तथा भौगोलिक वातावरण भएको जिल्लामा संघलाई सामाजिक, सांस्कृतिक विकासमा चासो राख्ने एक महत्त्वपूर्ण सरोकारवाला संस्थाको रूपमा लिइँदै आएको छ । यसैलाई दृष्टिगत गरी संघले विभिन्न जात्रा, पर्व सञ्चालनका लागि आर्थिक सहयोग गर्दै आएको छ । संघले विश्व सम्पदामा सूचीकृत पाटन दरबार क्षेत्रस्थित ऐतिहासिक भीमसेन मन्दिरको पुनर्निर्माण गर्दै छ । वैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षतिग्रस्त भीमसेन मन्दिरको करीब ३ वर्षसम्म पनि पुनर्र्निर्माण हुन सकेको थिएन । सो मन्दिरको पुनर्निर्माण ललितपुर उद्योग वाणिज्य संघको अगुवाइमा भइरहेको छ । ललितपुरका व्यापारीहरू इष्ट देवताकोे रूपमा भीमसेन मन्दिरलाई पुज्दछन् । भीमसेन मन्दिरप्रति व्यापारीहरूको श्रद्धा र विश्वासको प्रतीकको रूपमा रहेको यस मन्दिरको पुनर्निर्माणको अगुवाइ संघले गर्नुपर्ने मागलाई सुनवाइ गर्दै पुनर्निर्माण प्राधिकरणले पुरातŒव विभाग, ललितपुर महानगरपालिका हुँदै संघलाई मन्दिर पुनर्निर्माण गर्न स्वीकृति दिएको थियो । यस जिम्मेवारीलाई अवसरको रूपमा लिँदै पुनर्निर्माणका लागि कटिबद्ध रहेको संघको भनाइ छ । मन्दिर पुनर्निर्माण गर्न करीब ४ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)