ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अलैंची : भोजपुरमा कतै आशा कतै निराशा

Apr 10, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary NA
author avatar आर्थिक अभियान
गणेश विष्ट भोजपुर जिल्लाका अधिकांश किसानले खेतबारीमा अलैंची लगाएका छन् । जिल्लाको ६ सय ५० हेक्टर क्षेत्रफलमा अलैंची उत्पादन भइरहेको र अझै एक हजार हेक्टरमा खेती विस्तार गर्न सकिने जिल्ला कृषि विकास कार्यालयले बताएको छ । चक्रबहादुर कार्की समाजशास्त्रमा विद्यावारिधि (पीएचडी) गरेका भोजपुर नगरपालिका–१० का ३२ वर्षीय चक्रबहादुर कार्की पनि अलैंची खेतीमा लागेका छन् । उनले रू. ३० लाख रुपैयाँ लगानी गरेर करीब चार सय रोपनी जमीनमा अलैंची खेती थालेका छन् । चक्रबहादुरले आफ्नो खेतीबाट राम्रो नहुँदा पनि वार्षिक २० देखि २१ लाख रुपैयाँ आम्दानी हुने गरेको बताए । त्यति आम्दानी हुँदाहुँदै अरू पेशा खोज्नु मूर्खता भएको उनको धारणा छ । यस वर्ष चक्रबहादुरले अलैंचीको डेढ लाख बिरुवा पनि उत्पादन गरेका छन् । उनले यी सब काम गर्न १० जनालाई रोजगारी दिएका छन् । देवीप्रसाद खतिवडा टेम्केमैयुङ गाउँपालिका–७ कोटमा पर्छ देवीप्रसाद खतिवडाको घर । १२ रोपनी जग्गामा अलैंची लगाएका खतिवडा भन्छन्, ‘विभिन्न खाद्यान्न बाली छोडेर अलैंची लगाएको छु, अझै १५/१६ रोपनीमा थप गर्ने योजना छ ।’ अलैंची खेतीबाट मनग्गे आम्दानी हुने भए पनि पछिल्लो समय पानीको मुहान सुक्न थालेपछि समस्या हुन थालेको उनले बताए । सरकारले सिँचाइको व्यवस्था गरिदिए अझै तीन गुणाले उत्पादनमा बढ्ने उनको दाबी छ । अन्य खाद्यान्न बालीभन्दा अलैंचीले धेरै आम्दानी दिने भएकाले पनि उनमा यसप्रति आकर्षण थपिएको हो । नवीन प्रधान भोजपुर नगरपालिका–८, पोखरका नवीन प्रधान अलैंची खेतीसँगै अलैंची व्यापार पनि गर्छन् । प्रधानले ४० रोपनी क्षेत्रफमा अलैंची खेती गरेका छन् । वर्षेनि अलैंचीको भाउ ओरालो लागेका कारण समस्या हुँदै गएको उनको भनाइ छ । गत वर्ष प्रधानले ३५ हजार प्रतिमनका दरले खरीद गरेको ८० मन अलैंची प्रतिमन २७ हजारका दरले विक्री गर्नु प¥यो । ‘हामीले यहाँबाट खरीद गरेको अलैंची विर्तामोड लगेर विक्री गर्नुपर्छ । त्यहाँका व्यापारीले जतिमा भन्यो, त्यतिमै बेच्नुपर्ने बाध्यता छ,’ प्रधान भन्छन्, ‘यसरी दिनानुदिन भाउ घट्ने तथा अलैंचीमा लाग्ने रोगको नियन्त्रण नहुने हो भने अलैंचीको विकल्प खोज्नु पर्ने हो कि जस्तो छ ।’ स्थानीय तहले एक केजी अलैंचीमा निकासी कर रू. १० लिने गर्दछ । यसले गर्दा पनि समस्या भएको प्रधानको भनाइ छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)