ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वर्ष २०७५ का प्रमुख अन्तरराष्ट्रिय घटना

Apr 12, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट) निर्माणको वर्ष - २०७५
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी
अघिल्ला वर्षहरूझैं विश्वमा २०७५ साल पनि उतारचढावमय नै रह्यो । यस वर्ष धेरैजसो घटनाको केन्द्रमा विश्वका दुई ठूला अर्थतन्त्र अमेरिका र चीन रहे । यस वर्षका प्रमुख घटना : ट्रम्प–किम भेटघाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ अनबीच सन् २०१८ जुनको मध्यमा सिंगापुरमा ऐतिहासिक भेटवार्ता भयो । त्यसपछि फेबु्रअरीको अन्त्यमा हानोईमा उनीहरूबीच फेरि अर्को भेट भयो । दोस्रो भेटवार्ताले उत्तर कोरियाको निःशस्त्रीकरण र आर्थिक उदारीकरणको आशा बढाएको थियो । तर, वार्ता विनानिष्कर्ष टुंगिएपछि भने निःशस्त्रीकरणसम्बन्धी अनिश्चय बढेको छ । ब्रेजिक्टमा झुन्डिएको बेलायत यूरोपेली संघ (ईयू)बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) को पक्षमा मतदान भएको करीब ३ वर्ष हुन थालिसक्यो । तर, प्रधानमन्त्री थेरिजा मेले अघि सारेको ब्रेक्जिट सम्झौता पटकपटक अस्वीकृत भएपछि अहिले ब्रेक्जिट अन्योलमा आएको छ । बेलायतले ईयू छाड्ने मिति गत मार्च २९ तय भएको थियो । तर, यो मिति घर्किसकेको छ । बेलायत र ईयूबीच अहिले ब्रेक्जिटको म्याद अक्टोबर ३१ सम्म लम्ब्याउन सहमति भएको छ । ब्रेक्जिट सम्झौतामा सहमति भए बेलायतले सो मितिअघि पनि ईयू छाड्न सक्नेछ । अमेरिका र चीनको व्यापार युद्ध वार्ता गतवर्षको शुरूमा चीन र अमेरिकाले एकअर्काको देशमा उत्पादित सामग्रीमाथि भन्सार तथा अन्य महसुल बढाउने क्रमसँगै दुवै देश व्यापार युद्धमा होमिए । चीनबाट आयातित साढे २ खर्ब डलरको वस्तु प्रभावित हुने गरी अमेरिकाले तीन चरणमा कर वृद्धि ग¥यो । उता, यसको प्रतिकारमा चीनले पनि अमेरिकाबाट आउने डेढ खर्ब बढीको वस्तुमा अतिरिक्त महसुल लगायो । डिसेम्बर यता दुबै देश विवादको स्थायी समाधान खोज्न लागिपरेका छन् । पेचिङ र वाशिङटनमा भइरहेका शृंखलाबद्ध व्यापार वार्ताहरूबाट सकारात्मक सन्देश आइरहेका छन् । यसले छिट्टै व्यापार सम्झौता हुने आशा बढाएको भए पनि सम्झौता कहिले हुन्छ भन्नेचाहिँ यकिन छैन । सम्झौता नभएमा विश्व अर्थतन्त्र नै मन्दीमा जाने चेतावनी समेत आउन थालेका छन् । चीनसँगको सम्बन्ध सुध्रिरहेकै बेलामा ट्रम्पले यूरोपबाट आयातित ११ अर्ब डलर बराबरको वस्तुमा अतिरिक्त महसुल लगाउने चेतावनी दिएका छन् । क्यानडा, मेक्सिको, जापान, भारत लगायत अन्य देशसँगको व्यापार कलह पनि यथावत् छ । श्रीलंका संकट श्रीलंकामा राष्ट्रपति मैत्रीपाला सिरिसेनाले अक्टोबर २६ मा बहालवाला प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई बर्खास्त गरेर पूर्वराष्ट्रपति महिन्दा राजापाक्षलाई प्रधानमन्त्री नियुक्त गरे । राजापाक्षेको पक्षमा बहुमत जुटाउन नसक्ने देखिएपछि उनले संसद्को बैठक पनि स्थगित गरे । विक्रमसिङ्गे र राजापाक्षे दुवैले आपूmलाई प्रधानमन्त्री दाबी गर्न थालेपछि त्यहाँ हप्तौंसम्म संवैधानिक संकट उत्पन्न भयो । बहालवाला प्रधानमन्त्रीलाई बर्खास्त गर्ने र अर्को व्यक्तिलाई नियुक्त गर्ने कदम अवैध भएको भन्दै अदालत र संसद् दुवैले राष्ट्रपतिको निर्णय खारेज गरेपछि अहिले स्थिति साम्य भएको छ । कार्लोस गोन पक्राउ जापानी अटो निर्माता कम्पनी निशानका अध्यक्ष कार्लोस गोनमाथिको आर्थिक अनियमितताको आरोप र उनको पक्राउले पनि धेरै नै चर्चा पायो । टाट पल्टिसकेको जापानी कम्पनी निशानलाई नाफामा ल्याएर फ्रान्सेली कम्पनी रेनोसँग साझेदारी गराएर यसमा मित्सुबिसी पनि गाभेर विश्वको सबैभन्दा ठूलो अटो अलायन्स गठन गर्न सफल गोनको पक्राउले अटो उद्योग नै अचम्भित भयो । वर्षौंसम्म तलब कम देखाएको र कम्पनीको सम्पत्ति दुरुपयोग गरेको आरोपमा गोनले नोभेम्बर १९ यता १ सय ८ दिन हिरासतमा बिताए । गत महीनाको शुरूमा मात्रै जमानतमा रिहा भए पनि केही दिनअघि मात्रै उनलाई अर्को आरोपमा पुनः पक्राउ गरिएको छ । ट्रम्पको पर्खाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा आएको २ वर्षभन्दा बढी भयो । यो समयमा कयौं अनपेक्षित व्यवहारका कारण उनी सधैं चर्चामा रहे । उनले न त सञ्चारमाध्यमहरूसँग राम्रो सम्बन्ध स्थापित गर्न सके, न आफ्नै मन्त्री र कर्मचारीलाई पूर्ण विश्वास गर्न सके । सत्तामा आएपछि उनले करीब डेढ दर्जन मन्त्री तथा मुख्य कर्मचारीलाई बर्खास्त गरे भने कयौंले आफै पद त्यागे । उत्तर कोरियासँगको नाटकीय वार्ताबाहेक अन्य देशसँगको सम्बन्धमा खासै सुधार आएन । मेक्सिकोको सीमामा पर्खाल बनाउन डिसेम्बरको अन्त्यतिर ३५ दिनसम्म अमेरिका बन्द गराएका उनले अहिले भने राष्ट्रिय संकटकालको घोषणा गरेर पर्खाल बनाउने बजेट निकासा गरे । ट्रम्पको अनपेक्षित व्यवहारका कारण यस वर्ष अमेरिकी मात्रै होइन, विश्व शेयरबजारमा समेत निकै उतारचढाव आयो । बोइङ ७३७ म्याक्सको दुर्घटना यस वर्ष अमेरिकी विमान निर्माता कम्पनी बोइङका २ ओटा ७३७ म्याक्स विमान दुर्घटनाग्रस्त भए । ५ महीनाभन्दा कम समयमै उस्तै प्रकृतिका दुर्घटनापछि अहिले विश्वभर नै ७३७ म्याक्स ग्राउन्डेड छन् । धेरैजसो देशले दुर्घटनाबारे पूर्ण विवरण सार्वजनिक नहुँदासम्म र विमान उडानका लागि सुरक्षित छ भन्ने प्रमाणीकरण नभएसम्मका लागि विमानमाथि पूर्ण प्रतिबन्ध लगाएका छन् । यसले अमेरिकी कम्पनी बोइङको व्यवसाय खस्केर यूरोपेली प्रतिद्वन्द्वी एयरबसको भाग्य चम्किने विश्लेषण पनि गर्न थालिएको छ । अन्य घटना पाकिस्तानमा पूर्वप्रधानमन्त्री नवाज शरिफको पतनपछि क्रिकेट खेलाडी इमरान खानको सत्तारोहण, इन्डोनेशियामा २ हजारको ज्यान जाने गरी आएको भूकम्प, बंगलादेशको निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको एकलौटी विजय, इरान, मोजाम्बिक लगायत केही देशमा आएको सामुद्रिक आँधी र बाढीजस्ता प्राकृतिक विपत्तिको समाचारले पनि क्षेत्रीय र अन्तरराष्ट्रिय चर्चा पाए । साउदी अरबका पत्रकार जमाल खशोग्जीको हत्या पनि निकै चर्चित बन्यो । यस वर्ष समष्टिगत आर्थिक विश्लेषणमा जलवायु परिवर्तन र प्रविधिगत नवप्रवर्तनलाई समायोजन गरेको कदरस्वरूप अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्रीद्वय विलियम डी. नोर्दाउस र पल रोमरलाई दिइयो । भारत र पाकिस्तानबीच अहिले चलिरहेको तनाव कतै वास्तविक युद्धमा परिणत हुने त होइन भन्ने भय बढाएको छ । डिसेम्बर १९ मा ट्रम्पले सिरियाबाट अमेरिकी सेना फर्काउने घोषणा गरे । फिर्तीसम्बन्धी आदेशमा पनि हस्ताक्षर भइसकेको छ । तर, त्यहाँ रहेका २ हजारभन्दा धेरै सेना कहिलेदेखि स्वदेश फर्किन थाल्नेछन् भन्ने निश्चित भने छैन । नेपाललाई प्रत्यक्ष प्रभाव पार्ने घटना नेपाल र नेपालीलाई प्रत्यक्ष प्रभाव पार्ने खालका कयौं घटना यस वर्ष भए । अमेरिकी डलरको तुलनामा भारतीय रुपयाको भाउ कीर्तिमानी न्यून स्तरमा आउँदा नेपाली रुपैयाँको तुलनामा डलर अहिलेसम्मकै महँगो बन्यो । अमेरिकाले इरान र भेनेजुएलामाथि प्रतिबन्ध लगाएपछि आपूर्ति अभाव हुने चिन्तामा तेलको भाउ बढ्यो । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउमा भएको वृद्धिसँगै नेपालमा पनि डिजेल र पेट्रोल महँगियो । अमेरिकाले नेपालीलाई दिँदै आएको अस्थायी बसोवास अनुमति खारेज ग¥यो । जापानमा अदक्ष विदेशी कामदार ल्याउने कानून पारित गरेसँगै नेपाली पनि त्यहाँ जाने बाटो खुल्यो । भेनेजुएला संकटबारे नेकपा सहअध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्तिका कारण अमेरिका र नेपालबीचको सम्बन्ध केही चिसियो । यसै वर्ष क्यानडाले मनोरञ्जन गतिविधिमा गाँजाको प्रयोगलाई वैधानिक बनायो । थाइल्यान्ड लगायत केही देशले गाँजाको औषधीय प्रयोगलाई कानूनी मान्यता दिएपछि हामी कहाँ पनि गाँजाको प्रयोगलाई मान्यता दिनुपर्ने आवाज चर्किएको छ । विश्व बैंकको ‘इज अफ डुइङ बिजनेश’मा नेपालको अवस्था खस्कियो । भ्रष्टाचार सूचकांकमा वरियता घटे पनि सूचक भने यथावत् रह्यो । स्वीस बैंकमा नेपालीको कालो धनको समाचारले पनि निकै चर्चा पायो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)