ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वर्ष २०७५ : १४ करोड ५९ लाख साधारण शेयर थपिए

Apr 12, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट) निर्माणको वर्ष - २०७५
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा
काठमाडौं । २०७५ सालमा नेपाल धितोपत्र बोर्ड (सेबोन) ले १४ करोड ५९ लाख २५ हजार ५४० कित्ता साधारण शेयर निष्कासन गर्न २१ कम्पनीलाई अनुमति दिएको छ । ती कम्पनीमध्ये १६ ओटाले साधारण शेयर (आईपीओ) निष्कासित गरेका छन् भने ५ कम्पनी आईपीओ जारी गर्ने तयारीमा रहेका छन् । अनुमति पाएका कम्पनीमध्ये जलविद्युत् कम्पनी १५ र लघुवित्त कम्पनी ६ ओटा रहेको सेबोनको तथ्यांकले देखाउँछ । आईपीओ जारी गर्ने तयारीमा रहेका पाँच कम्पनी आईपीओ जारी गर्न बाँकी कम्पनीहरूमा गणपति माइक्रोफाइनान्स वित्तीय संस्था, साञ्जेन जलविद्युत् कम्पनी, रसुवागढी हाइड्रोपावर, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था र गुराँस लघुवित्त वित्तीय संस्था रहेका छन् । यीमध्ये गणपति माइक्रोफाइनान्सले आईपीओ जारी गर्न सेबोनबाट चैत ७ गते स्वीकृति पाइसकेको छ । कम्पनीले वैशाख ९ देखि १२ गतेसम्म ३ लाख ३५ हजार कित्ता शेयरका लागि आईपीओ जारी गर्न लागेको छ । विक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल रहेको छ । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले पनि सेबोनबाट आईपीओ जारी गर्न चैत १८ गते स्वीकृति पाएको छ । कम्पनीले सर्वसाधारणका लागि वैशाख ८ देखि ११ गतेसम्म १ लाख ६१ हजार ७७८ कित्ता आईपीओ जारी गर्दै छ । यसको विक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ । गुराँस लघुवित्तले २ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न चैत २६ गते बोर्डबाट स्वीकृति पाएको हो । कम्पनीको विक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल रहेको छ । साञ्जेन जलविद्युत् कम्पनी र रसुवागढी हाइड्रोपावर कम्पनी ‘जनताको जलविद्युत् कार्यक्रम’मा समेटिएका छन् । यी दुई कम्पनीले वैशाख ६ गतेदेखि आईपीओ निष्कासन गर्नेछन् । साञ्जेनले ५४ लाख ७५ हजार कित्ता र रसुवागढीले १ करोड २ लाख ६३ हजार १५० कित्ता आईपीओ जारी गर्न लागेका हुन् ।

जलविद्युत् क्षेत्रको आईपीओ निष्कासन सरल बनाउन भएका पहलहरू गत फागुन १ गतेदेखि आयोजना प्रभावित स्थानीयले पनि ऐच्छिक रूपमा आस्बा प्रणालीमार्फत शेयरका लागि आवेदन दिनसक्ने व्यवस्था लागू भएको छ । सेबोनले यस वर्षको नीति तथा कार्यक्रममा प्रमुखताका साथ अघि सारेको ‘एक नेपाली एक डिम्याट खाता’को अभियानमा सघाउ पुग्ने उद्देश्यले यो व्यवस्था लागू गरिएको हो । यसबाट धितोपत्र सार्वजनिक निष्कासन प्रक्रिया लगानीमैत्री हुने पनि बोर्डको विश्वास छ । यस वर्ष जलविद्युत् क्षेत्रका कम्पनीहरूको शेयरमा लगानीकर्ताको लगानी सुरक्षित गराउने अभिप्रायले लगानीकर्ताको मागबमोजिम न्यूनतम ग्रेडभन्दा कम्तीमा एक स्तर माथिको रेटिङ पाएका कम्पनीहरूलाई मात्र आईपीओ निष्कासन गर्न अनुमति दिने कार्यलाई बोर्डले कार्यान्वयनमा ल्याएको छ । पाइपलाइनमा २ करोड २८ लाख कित्ता २०७६ सालमा १६ कम्पनीले २ करोड २८ लाख २७ हजार ५७५ कित्ता साधारण शेयर निष्कासन गर्नेछन् । त्यसका लागि विभिन्न १६ कम्पनीले सेबोनमा निवेदन दिएका छन् । तीमध्ये छ लघुवित्त कम्पनी, नौ जलविद्युत् कम्पनी र एक मर्चेन्ट बैंक छन् । नौ जलविद्युत् कम्पनीमध्ये हिमाल दोलखा हाइड्रोपावर कम्पनीले स्थानीय र सर्वसाधारणका लागि आईपीओ जारी गर्न २०७५ पुस २२ गते निवेदन दिइसकेको छ । सो कम्पनीले स्थानीयका लागि १६ लाख कित्ता र सर्वसाधारणका लागि ६२ लाख कित्ता गरी कुल ७८ लाख कित्ता आईपीओ जारी गर्न निवेदन दिएको हो । रुरु जलविद्युत् परियोजना, गर्जाङ उपत्यका हाइड्रोपावर र लाफिङ बुद्ध पावर नेपालले स्थानीय बासिन्दाका लागि साधारण शेयर जारी गर्न बोर्डमा निवेदन दिएका हुन् । माउन्टेन इनर्जी नेपाल, शिवश्री हाइड्रोपावर, शिवम् पावर, मैलुङ खोला जलविद्युत् कम्पनी र सीईडीबी हाइड्रो फन्डले सर्वसाधारणका लागि साधारण शेयर जारी गर्दै छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)